• पथरी, २० असोज । सिद्धान्त लोहनीको अल राउण्ड प्रदर्शन गरेपछि बिराटनगर क्रिकेट क्लबले मोरङको पथरीशनिश्चरे स्थित विरेन्द्रनगरमा जारी पूर्वाञ्चल स्तरीय सातौ वीरेन्द्रनगर च्यालेञ्ज कप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बिहीबारबाट सुरु भएको प्रतियोगितामा किरात क्रिकेट क्लब दुधे झापालाई ८३ रनको फराकिलो अन्तरले पराजित गर्यो ।
    बिराटनगरले दिएको १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटीङमा उत्रिएको दुधे १९ दशमलब १ ओभरमा मात्र १ सय ५ रनमा समेटियो । दुधेका लागि सचिन लिम्बुले सर्वाधिक २१ र प्रतिक लिम्बुले १७ रन बनाए ।
    दुधेलाई सस्तैमा समेट्ने क्रममा ललित राजवंसीले ३ तथा सिद्धान्त लोहनी र अजय राजवंशीले समान २÷२ विकेट लिए ।
    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले निर्धारीत २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८८ रनको योगफल तयार पारेको थियो ।
    बिराटनगरका लागि कप्तान सिद्धान्त लोहनीले २० बलमा ६१ रनको विस्फोटक पारी खेलेका थिए । त्यस्तै अजय राजवंशीले र नारायण श्रेष्ठले समान २३ रन बनाए ।
    खेलको म्यान अफ द म्याच अलराउण्ड प्रदर्शन गरेका सिद्धान्त लोहनी घोषित भए । प्रतियोगिता अन्तर्गत शनिबारको खेल इस्टर्न बुलेट क्रिकेट क्लब दुहबी सुनसरी र पथरी ११ विच हुने आयोजकले जनाएको छ ।
    तस्बिर म्यान अफ द म्याच लिदैँ सिद्धान्त लोहनी

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…