• सामाजिक सञ्जालमा निकै चर्चा कमाएका बाल गायक अशोक दर्जीलाई १७ दिनदेखि बेपत्ता बनाएको भन्दै गायक तथा संगीतकार टंक बुढाथोकी विरुद्ध झापाको दमक नगरपालिकामा उजुरी परेको थियो ।

    मोरङको उर्लाबारीस्थित बेथल एजुकेशनल एकाडेमीका प्रिन्सिपल दीपक न्यौपानेले संगीतकार बुढाथोकीले बाल गायक दर्जीलाई बेपत्ता बनाएको भन्दै वडा कार्यालयमा निवेदन दिएका थिए ।

    उक्त निवेदनपछि स्थानीय सहित अशोक दर्जीका बुवा सहितको टोली इलाका प्रहरी कार्यालय दमक पुगेर उक्त आरोप र उजुरी गलत भएको बताएका छन् । उनले भने अशोकलाई मैले आफै काठमाडौँ लगेको हो उतै पढ्छु भन्यो र स्कुल नि भर्ना गरेर होस्टलमा राखेर आएको छु । टंक र रुपक हाम्रो लागी भगवान सरह हुन् ।

    बाल गायक दर्जी बेथल एजुकेशनल एकाडेमीमा भर्ना भएका थिए भने न्यौपानेले मंगलबार दमक –२ को वडा कार्यालयमा बाल गायक दर्जीलाई लाने बुढाथोकीलाई झिकाई पाऊ भन्दै निवेदन दिएका हुन् ।

    हेर्नुहोस यो भिडियो

    https://www.youtube.com/watch?time_continue=8&v=qEYCzrC7e_M

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…