• काठमाडौं । विदेश (अष्ट्रेलिया) जान गरेको हरदम कोशिशमा रहेकी एउटा युवतिको कथामा बनेको चलचित्र हो छक्का पञ्जा–२ । पछिल्लो समय पश्चिमेली मुलुकप्रति आकर्षीत हुने यूवाहरुको कथा फिल्मको मुख्य पाटो हो । तर कथालाई मूर्त रुप दिन सकेको छैन । फिल्ममको पहिलो आधा भागमा कथालाई भन्दा चुटकिलाहरुलाई प्रथामिकता दिएर दर्शक रिज्याउन खोजिएको छ । छक्का पञ्जा २ हेरिरहँदा दर्शकलाई छक्का पञ्जाको केही सम्झना आउँछ तर कथाको छेऊटुप्पो मिल्दैन उल्टो दर्शकलाई ह्याङ मात्रै हुन्छ । पात्रको हिसाबले छक्का पञ्जा कै सिक्वेल देखिन्छ तर कथाको हिसावले मिल्दैन । यो फिल्मको मूख्य कमजोरी हो । फिल्ममा दिपक राज गिरी (राजा) को सम्बन्ध वकिलसँग राख्नु को कुनै तुक छैन । अनावश्यक वकिलसँग सिन मिलाउन निर्देशकले प्रस्तुत गरेको देखिन्छ । अदालतमा पुगेको मुद्धालाई प्रशासनमा पठाएर टुङ्ग्याउनुले अदालतको चलचित्रमा धज्जी उडाइएको छ ।

     

    फिल्मले कथाको उठान राम्रो गरेको छ तर निर्देशकले कथाको मर्म बुझ्न नसकेको कारण फिल्म चुकेको छ । फिल्मको दुईवटै गीत राम्रो भएतापनि आवश्यक लाग्दैन । र पनि गीत संगीत र ब्याक राउण्ड म्युजिकले फिल्मलाई बचाएको देखिन्छ ।  कानुन व्यवसायी (प्रियंका कार्की) आमा र वृद्धाश्रम चलाइरहेको बाबु (शिवहरि पौडेल) की एक्ली छोरी आकाक्षां (स्वस्तिमा खड्का) को सेरोफेरोमा घुमेको छ चलचित्र छक्का पञ्जा २ । आकाक्षांले विदेश (अष्ट्रेलिया) जान गरेको हरदम कोशिशको प्रतिफल हो छक्का पञ्जा २ । आमा वकिल ले छोरी ( आकांक्षा) लाई विदेश जान अनुमति नदिएपछि र आइएलटिएसमा कम नम्बर प्राप्त गरेको कारण अष्ट्रेलिया जान नपाएकी आकांक्षाले विदेशको लागी बुनिएको तानाबाना सबै बेकार लाग्छ ।

    आकांक्षाको परिवारको जीवन शैली हेर्दा आकांक्षाले विदेश जान नक्कली विवाहको नाटक रच्नुपर्ने देखिदैन । तर फिल्ममा उनले नक्कली विहेको बाटो रोज्छिन् । (स्वरुप पुरुष दकाल) प्रज्वलसँग नक्कली विहे गरिसकेपछि नक्कली विवाहकोे प्रमाण बनाउन सुटुक्क गाउँ गएका आकांक्षा र प्रज्वलको वारेमा प्रज्वलकी आमाले थाहा पाएपछि बुहरीकै रुपमा घर भित्राउछिन् । बाजा बजाएर घर भित्राएकी बुहारीबाट प्रज्वलकी आमा नाती चाहन्छिन् । नक्कली विहे गर्न आमासँग विद्रोह गरिरहेकी आकांक्षा गाउँमा प्रज्वलकी आमाको दलदलमा फस्छिन् ।
    यता वकिल आमालाई छोरी हराएपछि बढ्न थालेको समस्याले छोरीको कर्तुत थाहा पाउँछिन् । प्रज्वलकी आमाले सबै कुरा थाहा पाएपछि आकाक्षा घर फर्किन्छिन तर आमासँग पुन विद्रोह गर्छिन् र घर छोड्छिन् । अन्तत आकांक्षालाई भिषा लाग्दैन । यहिपछि आउने एउटा घटनाले पूर्ण फिल्मको कथा बोक्छ ।

    आकांक्षाको नक्कली विवाह र प्रज्वल लगायत पात्रका व्यक्तिवादीे स्वार्थ बाझिएपछि पात्रहरुबिच द्धन्द शुरु हुन्छ । आकांक्षा विदेश जान चाहनुको कारण उनको प्रेमी आयुष जो नेपाल आईपुग्छ । आकांक्षा र आयुष बिच विहे भएपछि नक्कली बेहुला प्रज्वलले आकांक्षालाई बहुविवाहको मुद्धा दायर गर्छ र यहि सेराफेरोको द्धन्दमा छक्का पन्जा २ घुम्छ । फिल्मले नेपाली यूवा वर्गको समस्यालाई बोकेको छ ।
    फिल्मको मूख्य श्रेय दुई पात्र ईन्टरनेशनल मामा(माग्ने बुढा) र प्रज्वलकी आमा (लक्ष्मी गिरी) लाई जान्छ । दर्शकले फिल्म हेरिसकेपछि पनि यी पात्रहरुलाई सम्झिरहन्छन् । पहिलो हाफमा फिल्मले कथालाई नछोएपनि जति मनोरञ्जन दिन्छ, दोश्रो हाफमा हाई–हाई मात्रै दिन्छ । कतिपय दर्शक भावुक हुनुपर्ने सिनहरुमा हाँसोले हल गुञ्जिन्छ । फिल्मको दोश्रो हाफमा दर्शकलाई सस्पेन बनाउँन खोज्दा खोज्दै सिन्धुलीको घुम्ती जस्तै सस्पेन माथि अर्को सस्पेन थँपिदै जाँदा दर्शकको दिमाग नै घुम्न थाल्छन् । जे होस् अन्तत फिल्म छक्का पञ्जा २ बलियो कथा माथिको कमजोर प्रस्तुती बनेको छ । चुटकिलाको हिसावले दर्शकलाई जति हसाँउन निर्देशक माहिर देखिएकी छिन् त्यति कथाको मर्म बुझ्न चुकेकी छिन् ।


सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…