• पुर्वको पर्यटकीय जिल्ला इलाममा घुम्न आउने पर्यटकको संख्या बर्सेनि वृद्धि हुँदै गएको छ।

    आर्थिक बर्ष 73/74 मा66 हजार 299 जना पर्यटक इलाम आएकोमा गत आर्थिक बर्ष 93 हजार 976 जनाले इलामको भ्रमण गरेको रोङ गाउँपालिकाको जोरकलस्थित पर्यटन सूचना केन्द्र्को तथ्यांकमा छ।
    इलाम भित्रीने पर्यटकमध्ये 49 हजार 522 जना पुरुष र 44 हजार 454 जना महिला रहेका छन् ।

    हाम्रो देश संघीयतामा गैसकेपछी 4 नगरपालिका र 6 गाउँपालिका रहेको यश जिल्लामा नेपालको सबैभन्दा पुरानो चियाबगान रहेको छ।कन्याम,स्वक्तिम,इलाम लगायतका बगानहरु रहेको यश जिल्लामा विभिन्न धार्मिक स्थलहरु पाथीभरा ,गजुरमुखी, माइपोखरी ,सिद्दिथुम्का,सेतिदेबी, पन्चकन्या ल्साथै किरातहरुको चर्चित धार्मिक स्थल लारुम्बा पनि यश जिल्लामा रहेको छ।प्राकृतिक भु- बनावटका आधारमा अत्यन्तै महत्त्वपूर्ण रहेको यश जिल्लामा दक्षिणी क्षेत्रमा समथर चुरे भु- भाग घना बनजंगल छ भने उत्तरतिर हिउँ पर्ने थुम्काथुम्कीले सजिसजावट इलाम जिल्ला पर्यटन बिकासको लागी एउटा हिराको टुक्रा हो भन्दा फरक पर्दैन।

    सन्दकपुरबाट देखिने सुन्दर हिमालहरु,श्रीअन्तु बाट देखिने सुर्यको रमणीय दृश्य, माइखोलाबाट बग्ने सललल पानी अनि हरियाली नै हरियाली प्रकृतिको अनुपम उपहार इलाम जिल्ला निस्संदेह नै अलौकिक रहस्य बोकेको सौन्दर्य र श्रीको निवावस्थान हो।
    त्यतिमात्र नभएर यँहाको हावापानी पनि राम्रो रहेको छ।
    कमला भट्टराई

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…