• उर्लाबारी । मोरङ उर्लाबारीका स्थानीयमाझ परिचीत नाम हो, नेत्र आपागाई । यहाँका विभिन्न सामाजिक कार्यहरूमा सदैव सक्रिय रहँदै आएका उनी युवा समाजसेवी हुन् । समाजसेवासँगै ब्यापार ब्यवसाय समेत गर्दै आएका उनी उर्लाबारी ७ पशुपतिमार्ग रहेको दिप ज्योति ट्रेडसको संचालक हुन् । लामो समयदेखि व्यवसाय गर्दै आएका उनले आगामी भदौ ९ र १० गते हुन गइरहेको उर्लाबारी उद्योग वाणिज्य संघको ३० औं चुनावी साधारणसभामा बाणिज्य सचिव पदका लागी उम्मेदवारी दिएका छन् ।

    २ दशकदेखी व्यवसाय गर्दै आएकोले यसबाट सिकेका आफ्ना अनुभवहरुलाई व्यवसायीको हकहितमा सदुपयोग गर्ने उदेश्यले उम्मेदवारी दिएको आपागाइले बताए । व्यापार व्यवसायीका मुख्य समस्याहरुको समाधानका लागी पहल गर्नु नै आफ्नो पहिलो प्राथमिकता रहेको पनि उनले बताएका छन् । उनले भने, ब्यापारीको हक, अधिकार र व्यवसायीक सुरक्षा नै मेरो बटमलाइन हो । पहिले मन जिते अब चुनाव जित्ने छु ।

    उद्योगी व्यवसायीको पसलमा भोट माग्न सक्रिय उनलाई सबैले जितका लागी शुभकामना दिइरहेका छन् । मिलनसार स्वाभावकका उनी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका भएपनि अन्य राजनीतिक दलका ब्यापारीको पनि साथ सहयोग र हौसला रहेको छ । मोरङ खुद्रा ब्यापार संघको १ कार्यकाल सचिब र २ कार्यकाल उपाध्यक्ष पदको जिम्मेवारी कुशलता पुर्वक निर्वाह गरिसकेका उनले उर्लाबारी बचतको सह सचिब हुँदै ३ कार्यकाल सचिब पदमा रहेर काम गरेको अनुभव छ ।

    पछिल्लो समय सामाजिक कामहरू गर्दै आएको ग्लोबल युवा क्लबको सचिब समेत रहेका उनले उद्योग बाणिज्य संघको कार्यसमितिको पदेन सदस्य पदमा रहेर काम गरिसकेका छन् । ब्यापारीका लागी ब्यापारी नै उम्मेदवार बनेका उनको उम्मेदवारीले यतिबेला स्थानीय व्यवसायी हर्सित बनेका छन् । जुझारु युवाले दिएको उम्मेदवारीले उर्लाबारी उद्योग वाणिज्य संघको भावी दिनहरू सफलताको मार्गमा अघि बढेको एक ब्यापारीले बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…