• उर्लाबारी, १४ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारी आगामी साउन २६ गते मोरङको उर्लाबारीमा मिनी दौड हुने भएको छ । उर्लाबारी–६ स्थित सामुदायिक विकास मञ्चले आज पत्रकार सम्मेलन गरी उक्त दौडका बारेमा जानकारी गराएको हो ।

    ‘स्वास्थ्यको लागि दौड’ भन्ने मुख्य नाराका साथ आयोजना गरिने सो प्रतियोगितालाई नगर क्षेत्रभरीका युवाहरुको सहभागिता रहने जनाइएको छ । महिला, पुरुष र भेट्रान गरी तीन तहमा दौड गरिने कार्यक्रम संयोजक प्रभू राईले जानकारी दिनुभयो । उर्लाबारी नगरपालिकाको सहयोगमा हुने उक्त दौडको उर्लाबारी रन नामकरण गरी उर्लाबारीको पहिचानको रुपमा स्थापित गराउने लक्ष्य रहेको उहाँको भनाई छ ।

    सामुदायिक विकास मञ्चको कार्यालय उर्लाबारी–६ सूर्यचौक देखि सुरु भई तरुणचौक, खोर्सानीबारी, आइतबारे, स्कुलडाँडा, उर्लाबारीचौक हुँदै महारुद्र शिवालय मन्दिरसम्मको ७।२ किमी दूरी पार गरी दौड सम्पन्न हुने मञ्चका अध्यक्ष ढुण्डुराज भट्टराईले बताउनुभयो । पुरुष र महिला दुबैतर्फका प्रथमलाई १०/१० हजार, दोस्रोलाई ७/७ हजार, तेस्रोलाई ५/५ हजार र चौथोलाई १/१ हजार प्रदान गरिने उहाँको भनाई छ ।

    त्यस्तै, भेट्रानतर्फ प्रथमलाई ५ हजार, दोस्रोलाई ३ हजार, तेस्रोलाई २ हजार र चौथोलाई १ हजार प्रदान गरिने जनाइएको छ । युवालाई रचानात्मक तथा उर्जाशील बनाई सामाजिक कार्यमा लाग्न हौसला होस् भनेर प्रतियोगिताको आयोजना गरेको सचिब प्रेम बोहोराले जानकारी दिनुभयो । २०५५ सालमा सामाजिक कार्य गर्ने उद्देश्यले सो संस्था स्थापना भएको थियो ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…