काठमाडौं– दशैं हिन्दु नेपालीहरुको महान चाड भए पनि पछिल्लो समय चलचित्रका कलाकारहरुलेसमेत सांस्कृतिक रुपमा अथ्र्याउँदै मनाउन थालेका छन् । चलचित्रकर्मीका सबैजसो कलाकारहरुले शनिवार विजया दशमीको टीका जमरा ग्रहण गरेका छन्
– नायिका श्वेता खड्काले आफ्नै घरमै दशैं मनाए । शनिवार आफ्नो बाबुको हातबाट श्वेता खड्काले टीका जमरा ग्रहण गरिन ।
– नायिका रेखा थापाले आफ्नै घरमै परिवारसँग दशैंको टीकोटालो गरिन । परिवारका सबै सदस्यलाई टीका लगाएर निकै खुशीका साथ सामुहिक तस्विर खिचाए ।

– नायक आशिरमान देशराज जोशीले दशैं भब्य पर्वका रुपमा मनाएका छन् । उनले आफ्नो आमाको हातबाट टीका ग्रहण गरे ।

– धुर्मुस र सुन्तलीले पनि आफ्नै घरमा दशैं मनाएका छन् । दशैं मनाएपछि टीका ग्रहण गरी परिवारसँग सामुहिक तस्विर खिचाए ।

– चर्चित नायिका प्रियंका कार्कीले आफ्नो बुबा र आमाको हातबाट टीका ग्रहण गरिन ।उनी पनि परिवारसँग खुशी भएर दशैं मनाएका थिए ।

– नायक अनमोल केसीले पनि शनिवार परिवारका साथमा रहेर दशैं मनाए । उनले आफ्नो बुबाको हातबाट टीका थापेका थिए ।

– केदार घिमिरे ‘माग्ने बुढा’ले पनि हिन्दु संस्कारअनुसार शनिवार दशैंको टीका जमरा ग्रहण गरेका छन् । उनले आफ्ना हजुरआमाको हातबाट टीका ग्रहण गरे ।

– नायिका झरना थापाले दशैं भब्य पर्वका रुपमा मनाएकी छिन् ।
