बेलबारी । बेलबारी २ देबीथानडाँडामा एक स्थानीय बालिकालाई चोरीको आरोपमा कालोमोसो दलेर जुत्ताको माला लगाउने र यातना दिने कार्यमा संलग्न ३ जनालाई इलाका प्रहरी कार्यलय बेलबारीले कानुनी कारबाही शुरु गरेको छ ।
बिहिबार दिँउसो स्थानीय १४ बर्षीया परियार थरकी बालिकालाई चोरीको आरोप लगाउँदै कालोमोसो दलेर जुत्ताको माला सहित सिस्नुपानी लगाएर यातना दिँदै बजार घुमाउने क्रममा इलाका प्रहरी कार्यलय बेलबारीले भेटेर ती बालिकाको उद्धार गरेको थियो । पक्राउ परेका ३ नै जनालाई म्याद थप गरी अनुसन्धान अघि बढाईएको प्रहरीे जनाएको छ । सोही कार्यमा संलग्न स्थानीय ४५ बर्षीय दुर्गा चौधरी र ५० बर्षीय कुलदिप कुँवर दनुवार र अनिता दनुवार लाई पक्राउ गरी अनुसन्धान अघि बढाईएको प्रहरी निरिक्षक रामजी कटुवालले जानकारी दिएका छन ।