• पथरी, २१ असोज । पथरी शनिश्चरे ११ मोरङको पथरीशनिश्चरे स्थित विरेन्द्रनगरमा जारी पूर्वाञ्चल स्तरीय सातौ वीरेन्द्रनगर च्यालेञ्ज कप क्रिकेट प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । वीरेन्द्रनगर क्रिकेट क्लब पथरी शनिश्चरेको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा इटर्न बुलेट क्रिकेट क्लब दुहबी सुनसरीलाई ७ विकेटले पराजित गर्दै पथरी शनिश्चरे ११ ले दोश्रो चरणमा स्थान सुरक्षित गरेको हो ।
    दुहबीले दिएको ७७ रनको विजयी लक्ष्य पछ्याएको पथरीले १२ दशमलब ३ ओभरमा ३ विकेट गुमाउँदै जित हात पार्यो । पथरीको जितमा राकेश दाहालले ३० र महेश रेग्मिले २० रन बनाए ।
    दुहबीका आसिस मल्लिक, रमेश साह र रवि शाहले समान १÷१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दुहबी १४ दशमलब ५ ओभरमा मात्र ७६ रनमा समेटियो ।
    दुहबीका लागि रोसन रोएले ३५ रन बनाउन बाहेक अन्य ब्याट्समेनले राम्रो प्रदर्शन गर्न सकेनन । पथरीका लागि सुमन इजम लिम्बुले ४ तथा राकेश दाहाल र संकर भुजेलले समान २÷२ विकेट लिए ।
    खेलको म्यान अफ द म्याच ३ ओभरमा २ रन दिएर ४ विकेट लिएका पथरीका सुमन इजम लिम्बु घोषित भए । प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा फुलबारी क्रिकेट क्लब सुनसरी र रत्न युथ क्लब पथरी मोरङ विच हुने आयोजकले जनाएको छ ।

     

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…