उर्लाबारीःपूर्वाञ्चल बौद्ध गुम्बा उर्लाबारीको अध्यक्षमा पुनः महेन्द्रजंग तामाङ सर्वसम्मत चयन भएका छन् ।
२०४६ सालमा स्थापना भएको सो गुम्बाको उपाध्यक्षमा रंगलाल घिसिङ, सचिबमा कुमार लामा, सहसचिबमा अम्बिका तामाङ र कोषाध्यक्षमा शान्ति घिसिङ रहेका छन् । त्यस्तै, सदस्यहरुमा रामप्यारी तामाङ, दिलकुमारी लामा, लाक्पा तामाङ र टेकबहादुर तामाङ रहेका छन् । सो गुम्बा महेन्द्रजग तामाङ, पर्शुराम तामाङ, किर्तिमान तामाङ, लामा चक्र बहादुर, नरबहादुर तामाङ , बम योनजन र हर्कबहादुर तामाङको अग्रसतामा गुम्बा निर्माण गरिएको थियो । २ कट्ठा जमिन क्षेत्रमा फैलिएको सो गुम्बा तीन तलाको ७० फिट लम्बाई र ४० फिट चौडाई रहेको छ । नेपाल सरकार र जनसहभागितामा सो गुम्बा निर्माण गरिएको थियो । गुम्बाका ६ फिट अग्लो र ३ सय केजीको असलअट धातुले बनेको बहुमल्य बुद्धको पूर्णकदको शालिक रहेको छ । थाईलनका राजा भूमिवल अबदुल्लाले ५० औँ जन्मजयन्त्रीको अवसरमा २०५२ सालमा उपहार दिएको हो । सो शालिकको अहिले २५ लाख भन्दा बढी पर्छ । गुम्बाको भौतिक लगायत सम्पूर्ण साम्रागी १० करोड भन्दा बढीको रहेको छ । सो गुम्बामा जिल्ला शिक्षा कार्यालय मोरङको स्वीकृतमा लामा पढाउने गरिएको छ । लामा, बौद्ध धर्म लगायत सम्बधित पढाई हुने गरेको छ ।