• अशोज २२ काठमाण्डौ

    हेर्दा विछट्ट आनन्द आउने मनमोहक र सुन्दर प्राकृतिक सम्पन्नताको परिचय छ हाम्रो देश नेपालसग।हिमाल,पहाड र तराइका विभिन्न विविधताहरुले शोभायमान नेपालसग विश्व भरिमा नै दोश्रो धनी जलसम्पदाको पहिचान छ भने विश्वको शिर ठाडो पारिदिने सर्वोच्च शिखर सगरमाथाको अमुल्य र अटल परिचय छ।

    त्यस्तै सारा दुनियाँभरी प्रसिद्द विश्व शान्तिका अग्रदुत महामानव गौतम बुद्दको जन्मस्थलको परिचय समेत छ हामिसग।सीता र जनकको धार्मिक पहिचान जोडिएको छ पशुपतिनाथको मुलुक नेपालसग।हामी माझ हरियो बन नेपालको धन नामक सम्पन्नता,डाडाकांडा ,तालतलैया,लेक वेसी,भीर पहरा, नदिनाला र अलौकिक धार्मिक कथा बोकेका मनकामना ,मुक्तिनाथ ,पाथिभरा ,बागेश्वरी ,पशुपतिनाथ सथै ३३ कोटि धार्मिक विश्वासको धार्मिक पहिचान जमाएर बसेका देवस्थलहरु छन हामिसग,अन्न भन्डार तराई ,सुन्दर दृश्य बोकेको पहाड र हासिरहेको उज्यालो पहाड "हिमालय"को देश नेपाल भित्रका झुपडीहरु भने हास्न नसकेका तीतामिठा कथाहरु छन हामिसग।इतिहासमा कहाली लाग्दा घटना र विरताका गाथाहरु जोडिएका छन हामिसित……हामिसग धार्मिक,सास्कृतिक ,प्राकृतिक ,मौलिक र अमुल्य सम्पदाहरु भएर नै हाम्रो मुलुक विश्व प्रसिद्द साथै पपुलर छ तर त्यो देश भित्र बस्ने हरेक नेपालीको गन्तव्य र कर्मभुमी खाडी र विरानो देश बनिनु र घर रित्तो हुनुको विवशता छ हामिसित।

    कस्तुरीले विना आफैसग बोकेर सारा जङ्गल दगुर्दै चाहारेजस्तो हामी आफैमा सर्व सम्पन्न भएर पनी विपन्न परिचयपत्र बोकेर अरेबियन आमाको दास बन्नुपरेको छ,भारतीय माताको भान्साको बहादुर बन्नुपरेको छ,अनाहकमा प्रदेशको जेलमा कोच्चिनुपरेको छ,मारिनुपरेको छ,श्रम शोषण र उत्पिडन लोकतान्त्रिक राज्यका जनताले खाडीमा गै सहनबहन गर्नुपर्ने बाध्यता छ।जहाँ हाम्रो प्रधानताले हामिलाई खिज्याइरहेको छ तर हामी उही सम्भावनाहरु हेर्दै नचिनेर बरु आत्तिदै रोइरहनुपरेको छ। दुनियाँमा धेरै विदेशी र विदेशी निकायहरुले कृषि क्षेत्रलाई मुख्य ध्यानाकर्षण गर्दै कार्य गर्दछन,उनिहरु महँगो अनाज निर्यात गरेर आत्मनिर्भर र सम्पन्न छन।यता नेपालमा पनि पहिले हामी कृषिमा आत्मनिर्भर नेपाली अहिले सुपरमार्केट युग तिर धकेलिदै परनिर्भर बन्दै गाउँ बाट शहर,शहर बाट खाडी उड्नुपरेको छ।

    बढ्दो महङ्गी र कष्टकर नेपाली जनजीवनकै कारण हरेक दिन हरियो पासपोर्ट लिन युवाशक्ती प्रशासन धाउछन भने सस्तो श्रम बेच्न हाम्रो नव युवा खाडीको विमान चढ्न विवश विडम्बना देखि हाम्रो राज्य बेखबर छ ।नेपालमा कृषिको विकास तिब्रतामा हुनुपर्नेमा सोही नभई भएका कृषी योग्य जमीनहरु बाझिने क्रम दिनानुदिन बढ्दो छ।उचित बजारको वयवस्थापन नहुदा गरिव,श्रमिक कइसान ठगिइरहेको छ।

    न्यून उत्पादकत्व, उच्च अस्थिरता, जलवायू परिवर्तनको आकस्मिक असर, पर्याप्त पूर्वाधार तथा लगानीको कमी जस्ता चुनौतीहरुका कारण हाम्रो पलायनले हाम्रो श्रम हाम्रो सुन फल्ने जमीनहरुमा खर्चिन पाइरहेका छैनौं।खेतीमा बाली लगाउदा र लगाइसकेपछी आवश्यक मलबिउमा कालो बजार लाग्छ । यसर्थ: वर्तमान नेपालमा जल जमीन र जनताको व्यवस्थापन मुख्य चुनौतीको विषय भएको छ।राज्यले जमीन र जनताको व्यवस्थापन गर्न नसक्दा शहरमा जनताको चाप बढ्दै छ।

    गाँउ रितिँदै छ,जनताको व्यवस्थापन गर्न नसक्दा उत्पादन कम हुँदैछ,जमीन बाझिने क्रम बढ्दो छ। खाद्यान्न उत्पादनमा कमीका साथै खाद्यान्नमा परनिर्भरता बढ्दैछ।यो चाप किन बढ्दैछ र मान्छेहरु काठमाडौं किन आउँदैछन् भन्ने विषयको खोज गरिनु जरुरी छ।ग्रामीण अभावहरुलाई समाधान गर्दै मुलुकको सर्वोपरी हितको लागि हाम्रो उही कृषिको प्रधानतालाई बेलैमा पुनर्स्थापना गर्न तर्फ राज्य लागेन भने हामी परनिर्भरताको पक्तिमा संसारकै पहिलो मुलुकका नागरिक बन्न विवश हुनुपर्ने अवस्था न आउला भन्न सकिन्न।

    यसको रोकथामको लागि पर्यटन र कृषि नै मुलुकका आत्मनिर्भरताको विकासको हाम्रा २ मुख्य तात्कालिन विकल्पहरु हुन ।यसर्थ: राज्यले कृषीलाई अत्यावश्यक जमीन,मल,जल,औजार बजार लगायतका कृषकका हतियार र सुविधा दिएर उनिहरुको पसिना दाना आफ्नै देशमा बगाउने मार्ग राज्यले बनाइदिनु सरकारको नागरिक प्रतिको कर्तब्यमा पर्छ।मुलुक भित्र पर्यटन गन्तव्यहरुको स्थापना गर्दै खाडी पलायन ५०,००००० अमुल्य युवाशक्तीलाई आफ्नै देशमा स्थापित गर्दै अघि नबढे दिनानुदिनको पलायनले ,काठको बाकसमा प्याक भएर स्वदेशको पशुपति आर्यघाटमा जल्न आउनेका परिवारले,खाडी र प्रवासका विरानो मुलुकमा जीवन र मृत्यु वीचको सास्ती,बलात्कार खेप्नुपरेको पिडाले नेपालको विश्वप्रसिद्द सबैभन्दा सिनियर सम्पदा सगरमाथा,बुद्दको जन्मभुमी र सीताको देश रोइरहन विवश हुनेछ।जनताको समृद्दिको लागि यी कुराहरुमा राज्यले बेवास्ता गरिरहयो भने पूजिवादको विकास र न्यून बर्गको कुपोषण र भोकमरी तस्वीरहरु र विस्थापनाहरु एकपछी अर्को तिब्र गतिमा बढ्न थाल्नेछन।

    मुलुकको धर्मसंकटको चेपुवामा चेप्पिएको बेमेल परिस्थिति मिलनका चौतारीहरुमा जोडिउन।सबैले नेपाली भएकोमा गर्व गरुन।हरियो पासपोर्टले परनिर्भरताको लाहाछाप ठोक्नु नपरोस र आत्मनिर्भरताको रंगिन हस्ताक्षर बनोस हाम्रो पासपोर्ट अनि विश्व शान्तिको स्यालुट गर्दै नेपाली आकाशमा उडिरहेको परेवा जस्तो हामि पनी हाम्रो राष्ट्रियताको परिचय पस्किदै विश्वका शक्तिशाली र विकसित मुलुकहरु घुम्न पाउने प्रमाणपत्र बनोस् हाम्रो परिचय, अनि सगरमाथा जस्तै उच्च हाम्रो शिरमा सज्जिने ढाकाटोपीमा गर्व गर्न पाइयोस र हाम्रो संविधान सार्थक नेपालको सबैको सम्बोधन भएको एउटा साझा तिर्थस्थल जस्तो बनोस।नेपाल सरकारलाई ध्यानाकर्षण गराउदै हार्दिक शुभकामनाका साथ यी चित्कारहरु लेखेर अन्त: नहुने हरफहरुलाई संक्षिप्तमा यहि बिट मार्दछु । धन्यवाद ।

    मेलम्ची न.पा.१,भोटेचौर, सिन्धुपाल्चोक हाल: काठमाडौं

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…