हरेक दिन अपहरण गरेको देख्छु,सुन्छु
हरेक दिन बलात्कार गरेको देख्छु सुन्छु
दिनदिनै अन्याय अत्याचार बडेको देख्छु
अनि मलाई आफ्नै देश कहाली लाग्छ।
नागरिकहरु भोकले छट्पटाइरहेछन
छोराछोरीहरु भुँडी छाम्दै भात मागी रहेछन्
ठुलाबडाहरुले गोदाम टन्न भरेर
गरिब दुखीहरुलाई आश्वासनको भ्रम छरिरहेको देख्दा
मलाई आफ्नै देश कहाली लाग्छ।
भएका कर्मठ युवाहरू त्यही एकमुठी चारोको लागि
अर्काको देशमा पसिना बगाइरहेछन
त्यही रुपैया पैसाको लागि भाइ भाइ बिच लडिरहेछन
इन्साफ कठघराभित्र बन्दी बनेर मरिरहेछ
न्याय निरंकुशताको पावन्दिभित्र परिरहेछ
सच्चाइहरु पखालिएर भागिरहेको देख्दा
मलाई आफ्नै देश कहाली लागछ।।
कमला भट्टराई