• दिनेश खड्का
    विराटनगर २२ साउन
    प्रदेश नं एकका सासंदहरुले सुन्य समयमा उठाएका प्रश्नको जफाव प्रदेश सरकारले दिन छाडेपछि, मंगलबारको बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले सरकारको ध्यान आकर्षण गराएका छन् ।
    उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसकी सासंद बिन्दिया  कार्कीले सरकार सदन प्रति उत्तरदायी हुन छोडेको आरोप लगाएकी थिईन् । शुन्य समयमा बोल्दै कार्कीले जनतासंग प्रत्यक्ष सरोकार राख्ने सवालहरुमा सरकार उत्तरदायी बन्नुपर्ने बताएकी थिईन । उनले भनिन् ''सासंदले सदनमा उठाएको विषयहरु संसदको व्यक्तिगत वा घरायसी होईन, यो त नितान्त जनताको सवालहरु हुन्, जनताको दु:ख मर्म र पिडाका कुरा हुन् ।''  कार्किले थपिन् ''यदि सासंदले उठाएको प्रश्नको उत्तर सरकारले दिदैन भने हामीले हाम्रा क्षेत्रका जनतालाई के उत्तर दिने ?''
    सांसद कार्कीले सरकार प्रति गुनासो राखेपछि सभामुख भण्डारीले सासंदको प्रश्नको जफाव तत्काल दिन भन्दै सरकारको ध्यान आकर्षण गराएका थिए । सासंदले उठाएको प्रश्नको उत्तर सरकारले नदिदा नियामावलीको समेत उल्लघन भएको कार्की लगाएतका सासंदले केहि समयअघि देखि गुनासो गर्दै आएका थिए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …