• लक्ष्मीमार्ग असोज २२ । मोरङको डाँगीहाट फुटवल क्लवको आयोजनामा यहि असोज अन्तिम साताबाट दोस्रो डाँगीहाट गोल्डकप २०७४ हुने भएको छ । २५ असोज देखि कात्तिक १ गते सम्म प्रतियोगितामा एक नम्बर प्रदेशका ८ वटा टिमले सहभागिता जनाउने आयोजक समितीका अध्यक्ष छत्र लिम्बुले बताए ।
    प्रतियोगितामा धरान ११ धरान, रारा फुटवल क्लव धनकुटा, बराह फुटवल क्लव उदयपुर, मुनाल फुटवल क्लव चन्द्रगडी झापा, ससस्त्र फुटवल क्लव झापा, साईनो स्पोटिङ क्लव रानी बिराटनगर, आयोजक डाँगिहाट फुटवल क्लव रातो र निलोको सहभागिता जनाउने भएका छन् ।

    बेलवारी १० भाउन्ने स्थीत रहेको प्रतावित रंगशालामा हुन लागीरहेको उक्त गोल्डकप प्रदेश स्तरीय भनिएतापनि राष्ट्रिय टिमका चर्चित खेलाडीहरु र बिदेशि खेलडीहरुको समेत सहभागिता रहने आयोजकको दाबि छ । १ लाख ५१ हजार प्रथम पुरस्कार रहेको प्रतियोगिताको दोस्रो पुरस्कार १ लाख १ हजार रहने आयोजक क्लवका अध्यक्ष छत्र लिम्बुले बताए । खेलको दोस्रो पुरष्कार दि रिभर ओभरसिजले प्रायोजन गरेको छ भने बुद्ध एयर र नेपाल आईस बियरले प्रायोजकको भुमिकामा रहेका छन् । खेल अवधिभरको म्यान अफ दि म्याच लक्ष्मी गरगहना पसल भाउन्नेले गरेको छ । उक्त खेल मैदानमा पल्सल बर्ष खेलाडी २०१२ समेत सफलतापुर्वक सम्पन्न भएको अध्यक्ष लिम्बुले बताए ।

     

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…