• रतुवामाई । आरम्भ नाट्य डबलीले भदौ २७ गते सोमबारेमा गर्न लागेको वृहत तिजविशेष कार्यक्रम तथा जनचेतनामुलक नाटक मञ्चनका लागि रतुवामाई नगरपालिले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । सामाजिक, सांस्कृतिक तथा जनचेतनामुलक कार्य गर्दै समाजमा आफुलाई स्थापित गराएको यो संस्थाले नगरपालिकाभित्र सबेैभन्दा बढी र उत्कृष्ट कार्यक्रम दिन सफल भएको थियो । उक्त संस्थाले वृहत रुपमा कार्यक्रम अगाडि बढाएसंगै उक्त कार्यक्रम सफल बनाउन संस्थाका अध्यक्ष समिर सुवेदी,सहित पदाधिकारीको टोली रतुवामाइ नगरपालिकाका नगरप्रमुख रविन राईसंग संस्थाका विषयमा छलफल साथै तिज विशेषको कार्यक्रमको तयारीको जानकारी गराउदै नगरपालिका परिसर पुगेको थियो ।

    नगरप्रमुखको कार्यकक्षमा संस्थाका विषयमा भएको आधा घण्टा लामो छलफल र भलाकुसारी पछि नगरप्रमुख ले प्रचारप्रसार कार्यलाई अगाडि बढाउन आग्रह गर्दै यस कार्यक्रमलाई आफुले गर्न सक्ने सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुएको कुरा संस्थाका उपाध्यक्ष समिन बरालले बताउनुभयो ।संस्थाका अध्यक्ष समिर सुवेदीले संस्थाले अहिलेसम्म गरेका कार्यहरु र भावि योजनाका विषयमा नगरप्रमुखलाई जानकारी गराउनुभएको थियो ।राईले यस्तो संस्था नगरपालिकामा हुन असाध्यै खुसीको कुरा हो भन्दै संस्थालाई कसरी अगाडि लिएर जान सकिन्छ भने विषयमा सल्लाह र सुझाव समेत दिनुभएको थियो।रतुवामाई नगरपालिकालाई खुल्ला दिसामुक्त क्षेत्र घोषण गरिसकिएको हुदा खुल्ला दिसा पिसाब बाट पर्ने मानवीय असरलाई समेत ध्यानमा प¥ुयाउदै, त्यस्ता खाले जनचेतनामुलक कार्यक्रमलाई पनि यो संस्थाले अगाडि लिएर जान आग्रह गर्दै आफुले पनि सहयोग गर्ने वताउनुभयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…