उर्लाबारीःदुवै मिर्गाैला फेल भएकी मोरङ उर्लाबारीकी २७ बर्षीया मञ्जु धिमाल राईलाई साउदी अरबबाट ७८ हजार ५ सय ४० रुपैयाँ सहयोग प्राप्त भएको छ ।
उर्लाबारी–६ निवासी प्रताप धिमाल र गणेश धिमालको संयोजनमा साउदी अबरमा कार्यरत नेपालीहरुबाट संकलित सो रकम आइतबार हस्तान्तर गरिएको हो । प्रतापकी छोरी एलिसा धिमालले मञ्जु धिमालको परिवारलाई सञ्चार क्लब नेपालका अध्यक्ष घनश्याम भण्डारी, नेपाल पत्रकार महासंघ मोरङका सदस्य सरोज बस्नेत, स्थानीय रोशन धिमालको उपस्थितिमा सो रकम प्रदान गरिएको छ । दुई सन्तानकी आमा समेत रहेकी मञ्जुको उपचारका लागि सहयोगको अपिल गरेपछि देशविदेशबाट करिब १२ लाख रुपैयाँ रकम संकलन भएको छ । अहिले उनको उपचारको डाइलोसिसको प्रक्रियामा रहेको पारिवारीक स्रोतले जनाएको छ ।