• तेजन खड्का


    उर्लाबारी, असोज २२ ।

    घरपरिवारलाई सुखसँग पाल्ने सपना बोकेर झन्डै ११ महिना अघि कतार गएका उर्लाबारी-९ दुर्गापुरीका २१ वर्षीय दीपक लिम्बू मादेनको मृत्यु भएको छ । कम्पनीमा काम गर्ने क्रममा बिल्डिङबाट लडेर उनको मृत्यु भएको हो ।

    स्काप फोल्डिङमा काम गर्ने दिपक काम गर्ने क्रममा बिल्डिङबाट झरेर घाइते भएका थिए । हेलिकप्टरमार्फत उपचार गर्न लाने क्रममा उनको मृत्यु भएको कतारबाट जीवन श्रेष्ठले बताए । ‘मेरो छिमेकी भाइ हो दिपक, यो घटनाले एकदमै दु:खी छु’, कतारबाट जीवनले रतोकलम सँगको कुराकानीमा भने ।

    उनको निधनबारे दूतावासमा जानकारी गराउन लागिएको श्रेष्ठले जनाए । उनको निधनले गाउँ शोकमा डुबेको छ । कम्पनीको व्यवस्थापन टिमसँग कुराकानी गरी उनको शव नेपाल ल्याउने तयारी भइरहेको उनका साथी मदन तामाङले जानकारी दिए । ‘पुलिस रिपोर्टपछि हस्पिटलले शव दिन्छ अनि कागज पत्र मिलाएर नेपाल पठाउने प्रोसेस हुन्छ’, मदनले भने ।

    ‘दीपकलेे केही दिन अघि मात्र दसैँ कस्तो भयो भनेर परिवारलाई फोन गरेका थियो’, बाबु कैलाशले आँखाभरि आँशु पार्दै भने, ‘अहिले छोराको मृत्युको खबर सुन्नु र्पयो ।’

    उनको परिवारले शव नेपाल ल्याइदिन सम्बन्धित सबैमा अनुरोध गरेको छ । दीपकका घरमा आमा, बुबा, एउटी दिदी र एउटी बहिनी छन् । दीपक एक्लो छोरा हुन् ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…