• उर्लाबारी । आरम्भ नाट्य डबली रतुवामाईले तिजको अवसर पारेर भाद्र २७ गतेका दिन सोमबारेमा वृहत रुपमा संचालन गर्न लागेको तिजविशेष कार्यक्रम तथा नाटक मञ्चनका लागि सहयोगी हातहरु आउने क्रम जारी रहेको छ । रतुवामाई ९ ठकठकियामा स्थायी रुपमा बसोबास गर्दै हाल जापानमा रहनुहुने कृष्ण कार्कीले आरम्भको तिजविशेष कार्यक्रमलाई सहयोग पुग्नेगरी मुख्य प्रायोजकका रुपमा १०,००० (दश हजार) सहयोग पुर्याउनु भएको संस्थाका अध्यक्ष समिर सुवेदीले जानकारी गराउनुभएको छ ।
    कार्कीले समाजका विभिन्न पाटा र पक्षहरु शिक्षा स्वास्थ्य, गरिबि, अपाङ्गताका क्षेत्रहरुमा काम गर्दै सहयोग पुर्याउदैै आउनुभएको छ ।

    जनचेतनामुलक नाटक मञ्चनका लागि रियलसोन थालिसकेको र गत वर्षभन्दा रोचक र वृहत तरिबाट नाटक मञ्चन गरिने कुरा संस्थाका सल्लाहाकार संयोजक महेन्द्र रेग्मीले बताउनुभयो । आरम्भ परिवार अहिले देखी नै कार्यक्रमलाई भव्य अनि सव्य रुपमा अगाडि लिएर जान कार्यहरु थालनी गरिसकेको कुरा संस्थाकी सचिव नानु पौडेलले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…