• उर्लाबारी मोरङ।
    २२ अशोज By:Ratokalam
    मिक्लाजुङ ४ डाङडुङे टाडिमा दिपावलीको अबसर पारेर कात्तिक ५ गते बृहत साङ्गितिक कार्यक्रम हुने भएको छ ।
    टाडि युवा क्लबको आयोजनामा स्थानिय सरस्वती माबिमा हुने उक्त कार्यक्रममा श्रीकृष्ण लुइँटेल बोकेदारि, पप गायक समीर बिक,
    लोक गायक एल पि जोशी लगायतका अन्य गायक गायिका हरुको प्रस्तुति रहनेछ । साथै बिभिन्न ब्यान्ड र डान्स सेन्टरको प्रस्तुती
    रहने कार्यक्रमका संयोजक महेन्द्र थेगिमले जानकारी दिनु भयो । सोही कार्यक्रममा मिक्लाजुङका जनप्रतिनिधिहरुलाई पनि सम्मान
    गरिने कार्यक्रम रहेको छ ।

    दिपावलीमा दर्सकहरुले मनोरञ्जन तथा खुशियाली व्यक्त गरून् भनेर क्लबको सहयोगार्थ कार्यक्रमको आयोजना गर्न लागेका हौ,
    थेगिमले भन्नुभयो, हाम्रो टाडि राम्रो टाडि भनेर चिनाउनु पनि हो । कार्यक्रमको तीब्र तयारी भै रहेको आयोजकले जनाएको छ ।
    टाडि युवा क्लबले गत बर्स पनि साङ्गितिक कार्यक्रम गरेको थियो ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…