• मधुमल्ला । देशभरका देशभारमा व्यवसायढीक रुपमा कुखुरापालक किशानहरु गरेको उत्पानको मुल्य किशानले तोक्न पाउने पर्ने नेपालका कुखुरा पालक किशान संघका केन्द्रिय अध्यक्ष झनक पौडेलले बताएका छन । शनिबार बेलबारी बेतना सिमसारमाको सभाहलमा भएको कुखुरापालक किशानहरुको जिल्ला स्तरिय भेललाई सम्बोधन गर्दै पौडेलले सो कुरा बताएका हुन । कार्यक्रममा बोल्दै पौडेलले खुल्ला सिमानाका कारण भएको अबैध पोल्ट्रीजन्य पदार्थको खुल्ला आवागमनलाई नियन्त्रण गर्नु पर्ने बताए । दाना र चल्ला उत्पादन गर्ने संस्थाहरुले उनिहरुको लागत अनुसार मुनाफा सहित किसान लाई चल्ला र दानको दाम लिने तर किसानले उत्पादन गरेको बोइलर कुखुराको मुल्य किसानले तोक्न नपाउनु बिडम्बना भएकाले यसको अन्त्य गर्न किशानहरु एकजुट हुनु पर्ने पोडलले बताए । कार्यक्रममा मोरङ जिल्लामा व्यवसायिक रुपमा बोइलर कुखुरा पालन गर्ने सो भेलाले हरेन्द्र बरालको अध्यक्षतामा २३ सदस्यिय मोरङ जिल्ला तदर्थ समिति पनि गठन गरेको छ । समितिको उपाध्यक्ष कमला मास्के , सचिब, हरि प्रसाद भण्डारी, स–सचिब सन्तोष गौतम र कोषाध्यक्षमा शुरेखा कार्की चयन हुनु भएको छ । यस्तै समितिको सदस्यहरुमा क्रमश मान बहादुर बिष्ट, सन्तोष सिंह , पदम पाठक, कमल सिंह खड्का,आनन्द गिरि,केदार सुवेदी, केशब श्रेष्ठ, दिनेस थापा, राम बहादुर न्यौपाने, हरि न्यौपाने, हेमराज बांस्तोला, जिवन खाती र मुना कार्की रहनु भएको छ । बाँकी थप ६ जना तदर्थ समितिले मानोनीत गर्ने बताईको छ । कार्यक्रममा सहभागी अधिकांस किसानले आफ्नो उत्पादनले उढचित मुल्य नपाएको किशानहरुले दुखेसो पोखेका थिए । कायर्ढक्रममा नेपाल कुखुरा पालक किशान संघ चितवन अध्यक्ष, नारायण प्रसाद दवाडी, झापा अध्यक्ष राजन पौडेल, बेतेना सिमसार अध्यक्ष डम्बर बस्नेत लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा मोरङ जिल्लाका १२ वटा स्थानीय तहका एक सय बढी किशानको सभागीता रहेको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…