विभिन्न खाले कालखन्डहरु छिचोल्दै मुलुकको इतिहासमा विभिन्न तन्त्र,दल र वाद हुँदै अनेकतामा एकताको उध्घोस गर्दै हाल नेपालको राजनीतिले समाजवादी यात्राको उध्घोस गर्दै विपक्षी,प्रतिगामी शक्तिहरुसग समेत एकताको लागि अपिल गरिरहेको छ।तर हाम्रो बाम एकतालाई नमान्नेहरुले यो बैज्ञानिक समाजवाद नेपालमा सुहाउदो नहुने भनेर टीका टिप्पणी गरिरहेका पनि छन।तर केही जनताले अबको मुलुकको यात्रा समाजवाद तिर भन्ने बारे स्पष्ट बुझ्नै नपाई गठबन्धनको राजनितीमा मत दिनु पर्ने विडम्बना समेत छ र त्यहा नातावाद ,कृपावाद र भोलेवादका पक्षपाती मनहरुले समाजवादलाई सुनेकै छैनन,तर मुलुक लोकतान्त्रिक गणतन्त्रको घोषणा पश्चात समाजवादी यात्राको उध्घोसलाई सकारात्मक नै मान्नुपर्छ।खासम ा समाजवाद भनेको के हो भनेर जनताले बुझ्न पाउनुपर्छ,नबुझेकाहरुलाई बुझाउदै सचेत बनाउने स्पिरिट राजनितिकर्मीहरुमा हुनुपर्दछ।
अनि मात्रै हामिले गर्ने तालमेल,गठबन्धनले एकताको अपिल आफै गर्न थाल्नेछ।जनतालाई समाजवाद पढाउ,जनताका छोराछोरीहरुलाई मार्क्सवाद पढाउ अनि मुलुकमा धेरै मार्क्सहरुको जन्म हुन थाल्नेछ ,धेरै लेनिनहरु बाच्न पाउनेछन,सबै माओहरुको प्रसन्नता देख्न पाइनेछ।त्यस्तो एउटा समाजवादी क्रान्ती जुन मुलतः समृद्द आर्थिक ब्यवस्था हो ,जहाँ देशको सम्पूर्ण अर्थतन्त्रको स्वामित्व पुर्णतया सरकारमा निहित हुन्छ जस्तो कि " सामाजिक स्वामित्व" जस्तै ।यस्तै सामाजिक स्वामित्वको आर्थिक राजनैतिक ब्यबस्था अंगिकार गर्ने राष्ट्रहरुलाई विश्वमा समाजवादी राष्ट्र भनेर भनिन्छ। बस्तुको उत्पादन, नियन्त्रण र ब्यबस्थापन जस्ता विषयहरु सामाजिक स्वामित्वभित्र पर्छन्। सामाजिक स्वामित्व जो एकै खाले र एकै किसिमको हुदैन,त्याहा साझा स्वामित्व, सहकारी संस्थान, प्रत्यक्ष सार्बजनिक स्वामित्व र राज्यद्वारा संचालित स्वतन्त्र संस्थानहरु आदि त्यादी पर्दछन।
तर समाजवादको निश्चित परिभाषा यिनै स्वामित्वका प्रकारहरूमा निर्भर हुने गर्दछ पृथक पृतक रुपम यो देखापर्न सक्छ। हाल विश्वमा समाजवादी ब्यबस्था भएका communist मुलुकहरू पनि छन। जहाँ कम्युनिस्ट पार्टीहरूको एकदलीय साम्यवादी सत्ता र शासन स्थापित छ।उनिहरूले मार्क्सवाद-लेनिनबाद मान्छन ,माओवाद मान्नेमा चाहिँ चीन पर्दछ।मार्क्सवाद र लेलिनवादको सिद्धान्त अवलम्बन गर्दै चीन /क्युवा / लाओस / भियतनाम जस्ता मुलुकहरु रहेका छन र हाल नेपाल पनि उहीँ दौरानमा छ । हाम्रो नेपालको संविधनमा नै समाजवाद उल्लेख भैसकेको छ।
अनि समाजवादको परिकल्पना सम्भव भएको हो ।तर समाजवाद हामिले परिकल्पना गर्ने भन्दा भिन्दै रङ्ग,भिन्दै रुप,भिन्दै संवाद र भिन्दै अनुहारको हुन्छ।हामिहरुसग समाजवादीहरु त छन नै तर हामिसग माओवाद छ,हामिसग लेलीन वाद छ अनि हामिसग माले,क्रान्तिकारीहरु पनि छन तर समाजवादी हुनु भनेको कुनै माओवादी हुनु होइन,समाजवादी हुनु भनेको कुनै अन्य पार्टी हुनु होइन समाजवादी नै हुनु हो।हामिले मागेको र चाहेको लेलीनवाद र माओवाद होइन कसैले पनि भ्रममा नपर्दा हुने विषय हामिले चाहेको भनेको २१ औं शताब्दीको समुन्नत र समृद्द समाजवादी राज्य मात्र हो।हामिसग नेपालमा विभिन्न अनुहारका समाजवादीहरु छन।मार्क्सवादी समाजवादी पक्षधर,प्रजातान्त्रिक समाजवादी पक्षधर, बामपंथी समाजवादी पक्षधर अनि लोकतान्त्रिक समाजवादी पक्षधर।
विश्वभरी कुनै आकार लिन नसकेको धार नै हाल नेपाली कांग्रेसले अनुसरण गरेको लोकतान्त्रिक समाजवादी धार हो।यो धारका समजवादीहरुले विश्वभरि आफ्नो रुप कतै बुर्जुवा लोकतन्त्र र पूजिवादी बनाइदिएर हराउदै जान लागेको छ।खराब विश्वास र शिक्षा त्याग गर्न नसक्नुका कारण विश्व कम्युनिष्ट आन्दोलनमा लेनिनको जन्म पछि व्हात्तै बढेर झन्डै श्ताव्दी राज गरेको मार्क्सवादी समाजवादी धार सन १९९० को दशक पछि कमरेड लेलीन संगै गायब हुदैछ। खासमा समाजवादले आर्थिक क्षेत्रलाई विशेषगरी नजिकै बाट सचेत भै नियाल्दछ,राजनितिक क्षेत्रमा यो सर्वाहारा अधिनायकवादी धारको रुपमा यसले निजि सम्पत्तीको विरोध गर्दछ।सामाजिक परिवेशमा समाजवादले नागरिकको सर्वोच्चता र स्वतन्त्रतालाई कुन्ठित गर्दछ।
हामी चाहन्छौं नेपालको समाजवादले जनताको हक,अधिकार र सहिदका सपनाहरुलाई साकार पारोस,जनतालाई सिद्दान्त र राजनीतिको हत्कडीले नकसोस,एउटा सुन्दर प्रकृति सम्झाउने नेपालको सम्पदा जस्तै नेपालको समाजवादी राज्यको स्थापना होस।नेपाल र नेपालीहरुलाई फिट गर्ने खालको आर्थिक क्रान्ती गर्दै समृद्द समाजवादी राष्ट्रको नामले नेपाल विश्वको सामु सुन्दर,शान्त र आत्मनिर्भर राज्य बनोस।गरिव जन्ता र असहायहरुको लागि नेपालको सत्ता मन्दिर जस्तै आनन्द बनोस भन्ने कामना गर्दछु।