• पथरी, २३ असोज ।
    आयोजक बीरेन्द्रनगर क्रिकेट क्लब पथरीशनिश्चरे स्थित विरेन्द्रनगरमा जारी पूर्वाञ्चल स्तरीय सातौ वीरेन्द्रनगर च्यालेञ्ज कप क्रिकेट प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा राजघाट क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै आयोजकले अघिल्लो चरणमा स्थान सुरक्षित गरेको हो ।
    राजघाटले दिएको ९६ रनको मध्यम लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको वीरेन्द्रनगरले १६ दशमलब ५ ओभरमा ८ विकेट गुमाउदै जीत हात पार्यो । वीरेन्द्रनगरको जितमा कप्तान अनिस लुईटेलले २०, विवेक कोईरालाले १६ र चेतन खतिवडाले अविजिवत ११ रन बनाए ।
    राजघाटका सुजित लिम्बु र अमित राईले समान २÷२ विकेट लिएपनि हार टार्न सकेनन् ।
    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजघाट १८ दशमलब १ ओभरमा ९५ रन बनाउँदै अल आउट भएको थियो । राजघाटका लागि प्रेम खड्काले ३० र सुन्दर राईले २० रन बनाए । वीरेन्द्रनगरका चेतन खतिवडाले ४ तथा सुमन भण्डारीले ३ विकेट लिए ।
    खेलको म्यान अफ द म्याच अलराउण्डर प्रदर्शन गरेका वीरेन्द्रनगर क्रिकेट क्लबका चेतन खतिवडा घोषित भए ।
    प्रतियोगिता अन्तर्गत मंगलबारको खेल धाईजन क्रिकेट क्लब झापा र योङ ब्वाईज पथरी विच हुने आयोजकले जनाएको छ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…