राक संवाददाता
भदौ ०२, विराटनगर
लियो क्लब अफ विराटनगर सेन्ट्रल शताब्दीले विराटनगर ७ स्थिति सत्यनारायण विद्यलयका विद्यार्थीको सृजनात्मक क्षमता विकासका लागी विगत ३ महिना देखि विभिन्न साप्ताहिक कार्यसाला सञ्चालन गर्दै आएको छ । क्लवले विद्यार्थीहरुका लागी हरेक शुक्रबार बतृत्व कला, हाजिरजवाफ लगायतका कार्यक्रम गर्दै आएको छ । उनीहरुलाई कार्यक्रममा उत्साजनक सहभागिता गराउन पुरस्कारको समेत व्यवस्था गरिएको क्लबकी उपाध्यक्ष पुजन निरौलाले जानकारी दिइन । क्लबले शुक्रबार विद्यार्थीहरुलाई व्यक्तिगत सरसफाइका सामग्री प्रदान गरेको छ । क्लबले विद्यालयका १ सय २५ विद्यार्थीलाई तुथब्रस,नेलकटर,दन्त मन्जन,साबुन,इरबड एक–एक थान प्रदान गरेको क्लब चाटर प्रेसिडेन्ड मन्दिप दाहालले बताए ।