राक संवाददाता
भाद्र ०२, विराटनगर
अक्षरहरुको रुप र ढाचा सहि नभएको भन्दै एक पुर्व भारतीय सैनिकले शुद्ध नेपाली कमप्युटर अक्षर (फण्ट) निर्माण गरेका छन् । कयाप्टेनवाट रिटायर भएका विराटनगर ४ निवासी जिवनध्वज राईले आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरी आफुले बनाएका फण्टहरुको लोकापर्ण गरेका थिए । फण्ट लोकापर्ण गर्दै राईले नेपालमा चलन चल्तिमा रहेका फन्टहरुको प्रयोगवाट शुद्ध नेपाली टाईप गर्न नसकिने भएकोले आफु फण्टको सुधारमा लागेको बताए ।
कार्यक्रममा राईद्धारा निर्मित १७ नेपाली र ८ अग्रेजी फण्टहरु समेत प्रद्धशनी गरिएको थियो । उनले निर्माण गरेको फण्टको नाममा आफ्नो नामको छोटोरुप जेडिआर जोडेका छन् । जेडिआर हर्कबुङ, जेडिआर महासरस्वती, जेडिआर अर्मत, जेडिआर बाग्मती लगायतका १७ वटा नेपाली फण्ट राईले बनाएका छन् । आफुले निर्माण गरेको फण्टको प्रयोगबाट शुद्ध उच्चारणका लगी समेत सहयोग पुग्ने राईको दावि छ । उनको यस कार्यलाई आइटि कन्सल्टेन्ट प्रकाश उप्रेतिले सहयोग गरेको र उनकै सहयोगमा थप ८ वटा नया फण्ट निर्माणको काम भईरहेको राईले बताए ।