उर्लाबारी /ग्रेट बिजनेस मार्ट प्रालिले उर्लाबारी -७ मा अबस्थित नमुना बालगृहमा मासिक रूपमा सहयोग गर्ने भएको छ। प्रालिले आज बालगृहमा एक कार्यक्रम को आयोजना गरि सो घोषणा गरेको हो ।
कार्यक्रम मा प्रालिका अध्यक्ष निलम खड्का ले देश का विभिन्न स्थान बाट ल्याईएका बालबालिका हरुको संरक्षण गर्नु हामी सबै को दायित्व सम्झेर प्रत्येक महिनाको १ गते कार्यक्रम मार्फत सहयोग गर्ने घोषणा गर्नु भएको थियो । सो प्रालिले आजको साँझको खाना समेत प्रबन्ध गरेको थियो ।