• उर्लाबारी, भदौ ५
    मोरङको उर्लाबारीमा लागूऔषध सम्बन्धि सचेतनामुलक कार्यक्रमको आयोजना गरिने भएको छ ।
    उर्लाबारी–५ स्थित उर्लाबारी उद्योग बाणिज्य संघको सभाहलमा बिहीबार युथ अफ उर्लाबारीको आयोजनामा उक्त कार्यक्रम हुने भएको अध्यक्ष रमन शाक्यले जानकारी दिए। युवा पुस्तामा बढ्दो लागु औषधको प्रयोग र कालान्तरमा यसले पार्ने गम्भीर असरहरुलाई मध्यनजर गर्दै कार्यक्रम गर्न लागिएको अध्यक्ष शाक्यले जानकारी गराएका छन् ।
    उर्लाबारी नगरभरीका कलेजका विद्यार्थीहरुको सहभागितामा उक्त कार्यक्रम हुने जनाइएको छ ।
    उर्लाबारी नगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको उक्त सचेतनाममुलक कार्यक्रममा चेतना नेपालका प्रमुख प्रशिक्षक इन्द्र ओलिले सहभागी विद्यार्थीहरुलाई प्रशिक्षण दिनेछन् ।
    ईलाका प्रहरी कार्यालय उर्लाबारी, जीवन बचाउ उपचार केन्द्र, उर्लाबारी लगायतका प्रतिनिधिले पनि लागू औषधका कारण पर्ने समस्या र कानुनी कार्वाहीको बारेमा उपस्थित विद्यार्थीहरुलाई अवगत गराउने क्लबका उपाध्यक्ष प्रेम शर्माले बताए ।
    उर्लाबारीमा रहेर समाज रुपान्तरणका निम्ति यहाँका युवाहरुको पहलमा विभिन्न सामाजिक कार्यहरू गर्ने उदेश्य सहित क्लबको स्थापन गरिएको सचिब सुरेन शर्माले बताए । उनका अनुसार पछिल्लो समय उर्लाबारीमा लागूऔषधका प्रयोगकर्ता बढ्दै गएको र त्यसमा पनि युवा जमातको संख्या अत्याधिक रहेकोले युवालाई केन्द्रित गरेर उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…