• विराटनगर, असोज २४ गते । गत भदौ महिनामा आएको बाढीले सीमावर्ती भारतीय बजार जोगवनीदेखि पाँच किमी दक्षिणमा रहेको मिरगञ्ज पुलको मर्मत पूरा भई ठूला मालवाहक सवारी साधन आवागमन परीक्षण सम्पन्न भएको छ ।



     



    उक्त पुल मर्मत सम्भार गरी सवारी सञ्चालन गर्न करिब डेढ महिना लागेको छ । उक्त पुलबाट आजदेखि साना तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन सञ्चालन हुनु पर्नेमा सोमबार मध्याह्नसम्म सञ्चालन हुन नसकेको विराटनगर भन्सार कार्यालय रानीका नासु देवीभक्त पौडेलले राससलाई बताउनुभयो ।



     



    पुल मंगलबारदेखि पूर्णरुपमा सञ्चालन भई ठूला सवारी साधन आवागमन हुने विराटनगर भन्सार कार्यालय रानीले जनाएको छ । भारत एवं तेस्रो मुलुकबाट सामान आयात गर्दा रेल्वे मार्ग र मिरगञ्ज पुल हुँदै सडक मार्गको प्रयोग हुँदै औद्योगिक कच्चा पदार्थसहित अन्य सामग्री आयात हुने गरेको थियो ।



     



    उक्त मार्गको रेल्वे यसअघि नै सञ्चालनमा आएको थियो भने मिरगञ्ज पुलको मर्मत नसकिएकाले सडक मार्गबाट आयात हुने सामग्री भन्टाबारी भन्सार नाका हँुदै विराटनगर आइरहेको थियो ।



     



    उक्त पुलमा तीनवटा ‘स्क्रुपाइलिङ’ हालेर पूर्णरुपमा मर्मत गरिएकाले ठूला मालबाहक साधन आउजाउ गर्न सक्ने बनाइएको निरीक्षण गरेर फर्किएका नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नं १ का उपाध्यक्ष राजेन्द्र राउतले जानकारी दिनुभयो ।



     



    पुल अवरुद्ध हुँदा सुनसरी, मोरङका उद्योगी, व्यवसायीले सुनसरीको भन्टाबारी नाका हुँदै औद्योगिक सामान आयात गर्दा अनावश्यक झन्झट, ढुवानी भाडा महँगो र समय पनि बढी लाग्ने गरेको थियो । पुलबाट ठूला मालवाहक सामान नआउँदा विराटनगर भन्सारको राजश्व संकलनसमेत प्रभावित हुन पुगेको थियो

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…