• काठमाडौं : लियोनल मेसीको ह्याट्रिकको मद्दतमा इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताका लागि छनोट भएको छ। घरेलु टोली इक्वेडरलाई ३-१ ले पराजित गर्दै अर्जेन्टिनाले रसिया विश्वकपको टिकट पक्का गरेको हो। पहिलो मिनेटमा नै रोमेरियो इब्राको गोलबाट पछि परेको अर्जेन्टिनालाई मेसीले खेलमा फर्काए। १-० ले पछि परेको १० मिनेटपछि बराबरी गोल फर्काएका मेसीले १८औं मिनेटमा दोस्रो गोल गरे। त्यसपछि ६२औं मिनेटमा बललाई जाली चुमाउँदै उनले ह्याट्रिक पूरा गरे। यो जितले अर्जेन्टिनालाई प्लेअफ नखेली सिधै छनोट हुन पर्याप्त भयो। अर्जेन्टिनासँगै ब्राजिल, उरुग्वे र कोलम्बिया पनि विश्वकपका लागि सिधै छानिएका छन्। दक्षिण अमेरिकी च्याम्पियन चिली विश्वकपमा छनोट हुन असफल हुँदा पेरुले प्लेअफमा स्थान पक्का गरेको छ। विश्वपकमा छनोट हुन चिलीलाई ब्राजिलसँग कम्तिमा बराबरीको खाँचो थियो। तर चिली ३-० ले पराजित हुन पुग्यो। जसको लाभ समान अंक रहेको पेरुले उठायो। पेरुले गोल अन्तरमा चिलीलाई पछि पार्दै प्लेअफमा न्युजिल्याण्डसँगको भेट पक्का गरेको हो।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…