• २५ आश्विन मोरङ


    एकात्मक राज्य बिरुद्ध भन्दै गरिएको मोर्चाको हमला छ' एकाबिहानै सागरले मलाई मेरै घर छेउको रच्छ्यान बाट भन्यो ।मैले केही भनिन, भनु पनि कसरी सफलताको कामना भन्दा नेपालीको रगतले जमिन भिज्ने, नभनु उ अाफै वर्गीय संघर्ष भन्दैछ । अरु अर्को किल्ला बाट अाउदैछन म घरमा हिजो अाएको अाज जाने भनेसि मैले राम्रो सग जाउ भने। उसले घोप्टे डाडाको लहरेवर सम्म जाउँ भन्यो हुन्छ भनेर लागियो उक्कालो।

    सागर त्यो मोर्चाको नेतृत्वको सहायक कमान्डर ,२०६० चैतमा त्यो मेर्चामा घाइते भयो । अहिलेसम्म उ एउटामात्र खुट्टाले पृथ्वी टेकिरहेको छ।उपनामै पृथ्वी कठै।पृथ्वी सर्वाहाराको मुक्ति गर्न गएको अाज उसकै बेहाल छ। मलाई एउटामात्र कुरा राम्रो याद छ, त्यो लहरेबर मुनिको एक्ले चौतारीमा सागरले भनेको उसले त सम्झेको छ कि बिर्सेर गयो कुन्नि , भन्यो हामी महान क्रान्तिमा छौ, हाम्रो विजय नजिकै र निस्चित छ, नेपाल र नेपाली सारै सुखद खबर पाउनेछन् र सुखको सास फेर्ने छन ।

    हो सागर खै तिम्रो माथिल्लो कहानि कि कथा सुनायौ?? मोर्चा र सरकारले उसका भरौटे (सागर कै शब्द पैचो) दिने बर्दिको कुरा गर्दा सागरले मलाई राम्रो जबाफ दिएको थियो हाम्रो डिप निलो छ यसले हाम्रो मजबुत एकता बोलेको छ, तिनिहरुको फिक्का उनिहरु त सकिदै गएका छन, यो प्रसंग त मैले सागरलाई गएको तिहारमा मेरो गाउँ जाँदा गरेथे। जवाफमा उसले मेरो बर्दि लगा भन्नेहरुले नै करौंति लगाई रेटेर झुल्याय म अनुत्तरित छु मलाई नसोध।

    अनि वुर्जुवा शिक्षाको मैले थप्ने जमर्को क. पृथ्वी ले कुरा बन्द संकेतले म स्पष्ट भए अब उ पनि हारेको छ।थाकेको छ। संविधान अायो उस्लाई कस्तो अायो यो कानुन भनेर सोधेँ जवाफमा गरिबलाई यो संविधानले न एउटा मालीगाई दिने परिकल्पना छ नत सुकुम्बासीलाई चारअानामा २ कोठाको घर ।मात्रै साहुखलक लाई मालिक । अाज १ वर्ष वित्यो सागर सगँ भेटेको छैन। अन्तिममा भनेको थियो नेपालमा कम्युनिष्ट छैनन् र म पनि होइन ।

    लेखक : सुनील निरौला खोटाङ ,बराहपोखरी -३ साउने चौर। हाल : सुन्दर हरैचा नपा-५ मोरङ।

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…