• भद्रपुर, असोज २५ गते । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि झापामा कुल पाँच लाख ८५ हजार २२८ मतदाता रहेका छन् ।





    तीमध्ये महिला दुई लाख ९६ हजार ३६२, पुरुष दुई लाख ८८ हजार ८५७ र तेस्रो लिङ्गी नौ जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    पछिल्लो निर्वाचन क्षेत्र निर्धारणअनुसार पाँचवटा निर्वाचन क्षेत्र कायम भएको यस जिल्लामा निर्वाचन क्षेत्र नं १ मा कुल एक लाख पाँच हजार ४७५ मतदाता रहेका छन् । तीमध्ये महिला ५२ हजार ८४६ छन् ।

    त्यस्तै निर्वाचन क्षेत्र नं २ मा ६० हजार १४५ महिला र पाँचजना तेस्रो लिङ्गी गरी कुल एक लाख १८ हजार २०४, निर्वाचन क्षेत्र नं ३ मा महिला ५७ हजार ५७० सहित एक लाख १४ हजार ५८६, निर्वाचन क्षेत्र नं.४ मा महिला ५५ हजरा २०७ र तेस्रो लिङ्गी एकजना गरी कुल एक लाख नौ हजार ४०१ तथा निर्वाचन क्षेत्र नं ५ मा महिला ७० हजार ५८४ र तेस्रो लिङ्गी तीन जना गरी कुल एक लाख ३७ हजार ५६५ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले जानकारी दिनुभयो ।

    यसैगरी, निर्वाचनलाई स्वच्छ, शान्ति र एवं धाँधलीरहित सम्पन्न गर्न पाँचवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत तोकिएकोे उहाँले बताउनुभयो । (रासस)

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…