•  सन्तोष गौतम 

    मधुमल्ला ।  पूर्वी नेपालको समृद्धिसँग जोडिएको मोरङको उर्लाबारी – मधुमल्ला – रवि सडक खण्डमा पहिलो पटक गाडी सञ्चालनमा आएको छ । उर्लाबारी मधुमल्ला इलामको चुलाचुली हुँदै पांथरको रबि सम्म जोडने सडकमा निमार्ण सुरु भएको ४३ बर्ष पछी पहिलो पटक मोटर गुडेको छ । रबी बाट इलामको चुलाचुली–६ फुङ्नमा सम्म यस अघीनै यातायात सुचरु भएता पनी उर्लाबारी मधुमल्ला हुँदै इलामको चुलाचुली–६, फुङ्नाम सम्म आज (बुधबार) बिरमी बोकेको एम्बुलेनस पहिलो पटक फुङ्नममा एम्बुलेन्स बोकेर पुगेको हो । मे १ च ५४५७ नं.को एम्बुलेनसले बिरमी सहित फुङनाम सम्म को सहज यात्रा गरी आज मधुमल्ला फर्र्कीएको एम्बुलेन्स चालक नबिन श्रेष्ठले बताए । एम्बुलेन्स पुगे संगै चालकलाई स्थानीयले अबिर तथा पैसाको माला लगाई भव्य स्वागत गरेका थिए ।





    बाटोमा केही घुम्तीहरु केही साँघुरा भएकाले त्यसलाई केही फराकीलो पारेर सहज रुपमा उर्लाबारी मधुमल्ला, फुङ्नाम हुँदै रबि सम्म सहज रुपमा मोटर गुडाउन सकिने श्रेष्ठले बताए । यो सडक निमार्णको थालनी बि.स. २०२८ सालम तत्कालीन शिक्षा मन्त्री नरेन्द्र प्रधानले निमार्ण सुरु गरेका थिए । इलमको चुलाचुली गाउँपालीका वार्ड नं. ६ को केहीभगमा ट्रायक पुरा गरी फराकीलो बानाउन बाँकी रहेकाले यो सडक संचालनमा आउन सकेको थिएन । गएको जेठ महिनामा २ पांग्रे सवारी साधनहरु संचालनमा आए पनी बर्षाका कारण अबरुद्ध बनेको थियो । हाल सडको चौडाई बनाउने कार्य जरी रहको छ । हिमाल पाहाड तराई जोडने यो सडक अन्य सडक भन्दा छोटो सडक मानिन्छ । यो संगै लामो दुरी पार गरी उर्लाबारी मधुमल्ला र दमक सम्म आउने त्यस क्षेत्रका उपभोक्तालाई समेत सहजता आएको छ ।





सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…