• विद्यालय शिक्षा शिक्षणमा चिन्तन र अनुभुति २३ वर्ष टेक्दै गर्दा स्नातकोत्तर दोस्रो वर्षको फाईनल परीक्षा लेखेको म पात्र अब गाउँमा शिक्षक बन्ने निम्तो सगै कक्षामा प्रवेश गर्ने सुरकसीरहेको छ।अल्लारे उमेर मौका परे सुसेल्दै हिड्ने उमेरमा कक्षामा गएर शिक्षण गर्न कति हुदा रहेछन् चुनौतीका पहाड सोचेको र सम्झेँको जस्तो सजिलो रहेनछ शिक्षण पेसा । माध्यमिक तहमा अंग्रेजी शिक्षण गर्न २०६९ वैशाखमा नियुक्त शिक्षकले के के अनुभुती गरेँ? -महाविद्यालय,विश्वविद्यालयमा सिकेका कुरा गएर कक्षामा सिकाउन कुनै तादम्यता मिल्दैन । -विश्वविद्यालय प्रमाणपत्र त धरौटी मात्रै रहेछ।

    -कक्षामा फरकफरक जात,धर्म ,लिंग भाषा ,सस्कार र संस्कृति बोकेका बालबालिकाहरुको प्रतिनिधित्व छ।एउटा घरमा अर्हायर काम गर्न त धौधौ छ फरकफरक क्षमताका ,रुचि र अावस्कताका बालबालिकालाई एउटै मालामा उनेर सिकाउन कम चुनौती रहेनछ । त्यो कुनै विश्वविद्यालयले सिकाउदैन।मात्रै विद्यालय र स्थानीय समुदायले सिकाउदो रहेछ। यसर्थ पनि समुदाय सबैभन्दा माथिल्लो विश्वविद्यालय हो ।

    सिकाउनुमा पनि कला चाहिन्छ ।"पढाउनु " र "सिकाउनु" धेरै फरक पक्ष हुन ।पढाउनु भनेको परेवाले चारो खुवाउनु हो भने सिकाउनु कुखुरी ले अाफ्ना चल्लाहरुलाई चारो खुवाउन सिकाउनु हो ।खुवाउने तरिका फरक छ।यसर्थ कुखुरी चारो खुलाउने तरिकाले नसिकाए अर्थ रहदैन मेरो अनुभुति हो । नियुक्ति मितिमा नयाँ बेहुली को सृंगार बेसि मलाई नि नभनेको होइन ।स्थायी मास्टर हरुले। तथापि अाज नवप्रवेसी को समय पार गरेर अनुभवी कक्ष तिर लम्कदै गर्दा नि म उहीँ दिन को बेहुली भइरहेको अाफुले महसुस गरेको छु। प्रवेशिका छ महिना भित्र नै हुनुपर्छ मैले तालिम लिएको त्यो भन्दा पछि मैले तालिम लिएको छैन किनभने शिक्षक तालिम बुझेर ल्याउदा ब्लड प्रेसर बढाउने सांगीतिक कार्यक्रम जस्तै लाग्छ किनकि गफ सिवाय केही हुदैन लाचारी निकाय छन ।

    अारोप होइन अनुभव हो। शिक्षा सिकाइमा अन्तरक्रिया हुनुपर्छ । सिकाइने क्रममा ज्ञान ,अनुभव हासिल गर्न कक्षाको सबै अवयब हरुवीचमा छलफल ,परामर्श तथा अनुभव अादन- प्रदान हुनुपर्छ । सुरुमा यो थाहै हुदैन । हाल पाठ्यपुस्तक बारेमा झन कुरै कति दुख लाग्छ किनकि यथार्थ के छ भने धेरै पढेका डाक्टरहरु द्वारा लेखिएको पुस्तक नै बिरामी छन । भौतिक व्यवस्थापन पाठ्यवस्तु शिक्षण विधि प्रक्रिया सञ्चार समन्वय सामग्रीको उपलब्धता र प्रयोग मानव संसाधन नियुक्ति सामाजिक पृष्ठभूमि तथा अन्य व्यवस्थापन शिक्षणका प्रमुख चुनौती हुन।

    यी चुनौतीका पोकाहरुले असल शिक्षकलाई कति थिच्दो छ सिकाउनेलाई थाहा छ पढाउने लाई होइन । डण्ठेस्वरी लाएर रटाउनु सिकाइ होइन । तर अन्तरनिहित सृजना बाहिरी प्रस्फुटन र विकास गर्ने शिक्षक पनि जादुगर त होइन ।तथापि संभव छ। संसारका सबै मानिसले ताप्ने सुर्य एकै रहेछन् ।मेहनतमा नतिजा छ।मेरो अनुभव हो । भनी रहदा नतिजा को कुरा अाउछ ।मेरो प्रमाण छ के भने अाफ्नै भाषा लागेर उच्च शिक्षा अध्यायन गर्न नपाउने बालबालिका मेरो दोस्रो (अंग्रेजी )भाषा सिकाईमा रोकिएको छैन । जोसिला शिक्षक नियुक्ति गरेर सीपमूलक विद्दालय शिक्षा अगाडि नबढाए सम्म नेपाली डिग्री ले केही ननाप्ने करीब पक्का छ।व्यवसायीक शिक्षाको अर्थ विज्ञले नै बुझेका छैनन् ।किनभने व्यवसायीक शिक्षाको नाममा राखिएको कम्प्युटर विषयमा ७५% ल्यायर पास गरेको विद्यार्थीले कम्प्युटर खोल्नु र बन्द गर्न जानेको छैन कतिपय ठाउँको विद्यार्थीले त फोटो मात्रै देखेको छ।के हो त व्यवसायीक शिक्षाको अर्थ? सबै उठान गरिएको विषय अारोप जस्तो लाग्छन् तथापि यो मेरो चिन्तन हो शिक्षामा।

    अन्य धेरै समस्या र सहज समाधानहरु पनि छन ।यसलाई व्यवस्थापन गर्न कुसल नेतृत्व चाहिन्छ ।नेतृत्व समूह भुमिका हो त्यो योग्य ले मात्रै गर्छ।तर कर्मचारी ,प्रअ ,शिक्षक जस्तो नियुक्ति र सरुवा बढुवाका कार्य राजनीतिक अाधारमा भएको पाईन्छ ।अस्थायी शिक्षक नियुक्त हाम्रो र खर्चको मोटो हाम बाट गरिन्छ र सो को जिम्मेवार जिल्ला शिक्षा कार्यालय गुणस्तर खच्कियो भन्छ कठै शिक्षा । सक्षम र योग्य फालेर गट्टे बाट तोरी बटुलिन्छ। माथिको सबै मेरो अनुभव र शिक्षामा चिन्तनहरु हुन। सबै मिले शैक्षिक अाकुरा टुसादार भएर अाउने छन ।सहकार्य गरेर शैक्षिक प्रगतिमा लागौ समाजको मेरुदण्ड कसिलो पारौ। संभव छ।

    सुनिल निरौला । खोटाङ ,बराहपोखरी-३ साउने चौर। शिक्षक:- ठोट्नेरी मावि ।साल्पा सिलिच्छो:-२ कुलुङ: भोजपुर नेपाल

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…