एजेन्सी, भदौ २१ । मलेसियन सरकारले कामदारको न्यूनतम तलब बढाउने घोषणा गरेको छ । न्यूनतम तलब बढ्दा त्यहाँ कार्यरत नेपाली कामदार पनि प्रत्यक्ष लाभान्वित हुनेछन् ।
आउँदो जनवरी १ देखि लागू हुने गरी घण्टाको ५ दशमलव ५ रिंगिट तथा मासिक १ हजार ५० रिंगिट न्यूनतम तलब हुने त्यहाँको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
अहिले मलेसियामा कामदारको न्यूनतम तलब ९२० देखि १ हजार रिंगिटसम्म छ ।
देशको आर्थिक अवस्थाका आधारमा तलब बढाउने घोषणा गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मलेसियामा झण्डै ५ लाख नेपाली कार्यरत रहेको अनुमान छ ।