• राक संवाददाता
    विराटनगर, भदौं २३

    सरकारले गरिरहेको दमनप्रति खरो रुपमा प्रस्तुत हुन यातायात व्यवसायीले सरोकारवालालाई सुझाएका छन् ।आज विराटनगरमा आयोजित ट्रन्सपोर्ट एसोशिएसन विराटनगर मोरगको पाचौं अंधिवेशन बोल्ने अधिकांश यातायात व्यवसायीहरुले यातायात संबद्ध संघसंस्थालाई यस्तो सुझाव दिएका हुन् ।

    उनीहरुले यातायतसंग सम्बन्ध राख्ने सवै संस्थाहरु एकजुट भई सरकारको उनुचित निर्णय विरुद्ध खनिनुपर्ने बताएका छन् । कार्यक्रममा बाल्दै ट्रक व्यवसाय संघका उपाध्यक्ष लक्ष्मी प्रसाईले यातायात व्यावसायी आफुहरु विच नै एक जुट नभएको कारण सरकारसमक्ष आफुहरु निरिह हुनु परेको बताएका थिए । उपाध्यक्ष प्रसाई भन्छन् ''अब सबै यातायात संबद्ध संघसंस्थाहरु एकजुट हुनुपर्छ र सरकारको अनुचित निर्णयको प्रतिकार गर्नुपर्छ ।'' उनले यातायत व्यवसायीको हकहितको लागी ट्रक व्यवसायी संघ सधैभरी प्रतिबद्ध समेत रहेको जिकिर गरेका थिए । विराटनगरमा रहेको ट्रक व्यवसायी संघको भवन र भौतीक संरचनालाई प्रयोग गरी यातायात व्यावसायीहरुको छाता संगठनलाई अझ थप बृहत बनाउन समेत प्रसाईले प्रस्ताव पेश गरेका थिए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …