• भाद्र २३, धरान । सुनसरीको धरान जति सुन्दर छ यहाँका बालबलिकादेखि जेष्ठ नागरिकहरुका मन पनि त्यत्तिकै सहयाेगी र सुन्दर छ । जसको पछिल्लो उदाहरण बनेका छन्, धरान स्थित डिपो उच्च मा बिमा कक्षा ९ मा अध्ययनरत बिमष पौडेल।

    उनले अाफ्नाे खाजा खर्च कटाएर मृगाैला पिडितलार्इ सहयाेग गरेका छन् । बिमषले धरानका मृगाैला पिडित पत्रकार पत्रकार तथा रंगकर्मी प्रबिण राईलार्इ अाफ्नाे खाजा खर्च कटाएर जम्मा भएकाे नगद सहयाेग गरेर उदाहरणीय बनेका हुन् ।

    सानैदेखी समाजसेवाप्रति आर्कषित पौडेलले धरानकै मृगौला पिडित पत्रकार तथा रंगकर्मी प्रबिण राईलाई नगद ५ हजार ३० रुपैया प्रदान गरे । अाफ्नाे जन्मदीनकाे अवसर पारेर उनले उक्त रकम सहयाेग गरेका हुन् । बिमष अाजबाट १४ वर्ष पुरा गरेर १५ वर्षमा लागे ।

    २०६० साल भदौ २३ गते सुनसरीको चक्रघट्टीमा जन्मेर धरानबाट पठनपाठन सुरू गरेका बिमषले दैनिक जसो आमाबुबाले दिने गरेको टिफिन खर्च जोगाएर पैसा जम्मा गर्ने गर्थे। प्रत्येक वर्ष अाउने अाफ्नाे जन्मदिनमा वर्षभरी जम्मा भएकाे उक्त रकम विभिन्न संघसंस्थालार्इ सहयाेग गर्ने उनले यस पटक मृगाैला पिडित पत्रकारलार्इ सहयाेग गरे ।

    बिमषले १५ बर्षको कलिलो उमेरमा नै ठुला सोच राखेर धरानकै उदाहरणीय ब्यक्तित्व रुपमा आएको धरानकी पत्रकार मनिता चाम्लिङ राईको भनाई छ ।

    उनले आफना जन्मदिनको अवसर पारी बिरामी राईको घरमा नै पुगि सो टिफिन खर्च बचाएर राखेको नगद प्रदान गरेका हुन । उनका छेमा (सानीआमा-आमाको बहिनी) सन्तु चाम्लिङ राईसंगै पत्रकार राईको घर पुगेका बिमषले बिरामीलाई खाजा समेत खुवाई सो रकम हस्तान्तरण गरेका हुन ।

    उनले गतवर्ष टिफिन खर्च बापत जम्मा भएकाे रकम धरान स्थित सरस्वती बाल आश्रमलाई समेत प्रदान गरेका थिए । पौडेलले एक बर्षमा जम्मा भएको रकम बिरामी पत्रकार प्रबिण राईलाई सहयोग गरेको बताए । उनले हरेक वर्ष आफूले जम्मा गरेको रकम कुनै न कुनै सामाजिक काममा खर्च गर्ने बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…