• डेरामा सधै झै एक्लो आज हेमजीले मेरो घरमा जाउँ सर भनेर प्रस्ताव राख्नुभयो,उहाँ मेरो बेस्ट फ्रेन्ड पनि म स्कुल छुटेपछी दुई बजे उहाको घरमा गएं।हामी धेरै पहिला काठमाडौं क्याम्पस चाबहिलमा संगै पढेका साथी,घुम्दै फिर्दै सुन्दर पुर पुगेको म त्यहा मित्रताकै कारण पुगें, हेमजीले त त्याहा स्कूल सन्चालन गर्नुभएको रहेछ सुनौलो शिक्षालय।मलाई उहाले त्यहाँ उहासंगै पढाउन अफर गर्नुभयो र म पनि जोइन भएको एक महिना जस्तै भएको थियो।जहाँ हेमजीले साइन्स पढाउनुहुन्थ्यो म चाहिँ सोसियल स्टडि र जनरल नलेज अनि अरु विषयहरु पनि पढाउथें।

    कखरा पढाउनुको मज्जा बेग्लै।दिनभर स्कूलको ब्यस्तता पछि आज साथीको निमन्त्रणा र स्वागत स्विकार्दै हेमजिको घरमा जादा बहिनी हेमाले बनाएको चिया बडा मीठो लाग्यो।बहिनी क्रान्ती यात्रामा लागेको बखत रहेछ ,हेम भन्दै हुनुहुन्थ्यो ,आज एउटा रमाइलो दिन हो हाम्रो ,भेटघाट ,जमघट - म चाहिँ मनमनै गदगद भएको म उहाको घरमा गएर हेमजीले यसो भन्नुभएको हो कि भनेर कुरा अर्कै रहेछ,हेमा जनयुद्दकी लाल सिपाही कमरेड पो रैछिन,आज धेरै वर्षपछी हेमा घरमा आएकी भोलि बिहानै उनी आफ्नो कार्यक्षेत्र तिर लाग्छिन।घरमा सबै हासेर बोलिरहेका थिएनन,त्यो जमघटको रमाइलो भित्र हेमका पिताजी पनि बेलाबेलामा हो मा हो लगाउदै हेमजीले मसग बहिनिको क्रान्ती प्रतिको लगाव बारे बताउनुभयो।अब के होला? को प्रश्न भन्दा पनि त्यो घरले अबको नेपालको कुरा मात्रै गरिरहन्थ्यो।सबै कुरा सुन्ने रैछिन हेमा तर बोल्ने ठिक्क तर यथार्थ……………

    हेमजी ले बहिनी सग परिचय गराइदिनुभयो ,अनि हेमा ले आफ्नो परिचय दिइन म हेमा"शृषा" पार्टीमा एउटा छापामार हुं ,गन्तव्य हाम्रो निरन्तर बगिरहने हुदा क्रान्तिको यात्रामा अनन्तसम्म लाग्ने भनेर यो बलिभेदीमा छौं हामी जस्ता हजारौं नारीहरु,हाम्रो मोर्चामा छोराछोरी छोडेर आएका,बुढा बुवा आमाहरु छाडेर आएका ,सबै त्याग गरेर आएका त्यागी योद्दाहरु छौं, हो दाइ म त्यतै गएको छु। यस्तै बताइन हेमाले……

    जतिबेला धेरै राजनितिक कुरा गरेर बस्न पनि खतरा थियो,जासुसी सुराकिको पनि त्रास थियो,समाज भित्रका क्रान्ती देखि अपरिचितहरु माओवादीहरुलाई दारा निस्केका राक्षस जस्ता हुन्छन माओवादी भन्थे,हेमाले राजनितिक रुपमा आफ्नो परिचय दिदा म चाहिँ सोच्थें यो युद्द अविरल बग्ने नदि जस्तै हो कहाँ रोक्किएला र नदि? तर त्यतिबेला रक्तनदी बगिरहेको थियो,सबै हामी मौन विद्रोहको श्वास फेर्दै केही बेर गफ गरेर खाना खायौं,म पनि हेम जी संगै सुतें।बिहान चार बजे नै निन्द्रा खुल्यो,बिहान ३ बजेदेखी उठेर भैंसी वस्तुलाई खोले पकाउदा रैछन अनि चोटामा धुवाको पिरो फैलेपछी सुत्न मन लागेन ,म पनि उठें,अगेनोबाट अँगार लिएर दात माझ्न गएं अनि मुख धोएं र चुल्होमा गएर आगो तापेर बसें,हेमजी पनि आउनुभयो,हेमा आफ्नो लगेज तयार गरिसकेर हिड्नै लाग्दा हेमजीले चिया पिएर जान भन्नुभयो,सम्पर्क टुट्छ नो टाइम सि यु भन्दै २२ वर्षीय हेमा कम्मरमा कटुवा पेस्तोल बोकेर लागिन अध्यारैमा पुर्वी उज्यालो डोरो नफाट्दै आफ्ना कमरेडहरुसगको सम्पर्कमा ।भावनात्मक भन्दा पनि वैचारिक स्पिडमा चल्थे त्यतिबेला छापामारहरु। हेमजीको घरमा मर्निङ टि पिएर म आफ्नो डेरा गएं ।

    आज शनिवार ,दिनभरी पुस्तक पढ्छु भनेर योजना बनाएं,चम्किलो रातो तारा भन्ने पुस्तकमा फान्चन सानका हरफहरुमा चिनो लगाएर राखेको पातलो पुस्तक पढ्न तिर।रगत नै उमालिदिने चिनियाँ क्रान्ति र युद्दको त्यो पुस्तकले साम्यवाद प्रती झुकाव र मजदुर सम्मानको पाठ सिकाउने रैछ।हरफै पिच्छे पढ्दाको ध्यान खिच्दै थियो पुस्तकले। होटलमा खाना खाने समय भैसकेछ,साहुनीले बोलाउदै थिइन ,खाना खान आउनुस भनेर।समय ११ बजेको थियो।रेडियोमा समाचार पनि ठ्याक्कै खाने समयमा नै आएको।जहिले पनि खाना खाने बेलामा रेडियो बन्द गर्नु जस्तो लाग्थ्यो।मैले केही प्रतिवाद जनाइन,त्यति नै बेला हेम जी आउनुभो।खाना खाउं सर भनेको उहाँ पनि आज खाना म सगै खाने र दु:खसुखको कुरा गर्ने शनिवार को यो पुरै दिन सगै बिताउने भनेर………

    अनि हामिले संगै खाना खान लाग्यौं ।खाना खाएर डेरामा गइयो ,मैले पढ्दै गरेको पुस्तक देखाएं ,उहाँ पनि भन्दै हुनुहुन्थ्यो,अब म पनि छिटै होल्टाइमर हुन्छु सर।जर्जर युद्दले मसला पिस्ने सिलौटो र लोहोरोहरुलाई पनि बारुद पिस्न सुरु गराइसकेको परिस्थिति अनि हामी पसल मा गयौं,चिया अर्डर गर्यौं।चिया आउदै थियो ।समय पनि २ बजेको रैछ। सुन्दरपुर बाट करिब ४ घन्टाको दुरिमा शाही सेनाको कारबाहिमा हेमाको मृत्यु !शृषा भनेर चिनिने हेमाको साथबाट नलकटुवा पेस्तोल बरामद!! रेडियो हाम्रो मुटु चुड्दै समाचार भन्न थाल्यो, हेमजी छट्पटाउन थाल्नुभयो ,मेरो वरिपरी अन्धकार मात्रै भरिन थाल्यो त्यसपछी बेहोस जस्तै हामी



    ……………………… क्रमश:

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…