• टोकियो,-जापानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या शनिबार सम्ममा ३० पुगेको छ । भूकम्पबाट प्रभावित दशौँ हजारलाई उद्धार गरिएको सरकारी अधिकारीले जानकारी दिएका छन् । मृत्यु भएकामध्ये अधिकांश अत्सुमाका रहेका छन् । भूकम्पमा परी झण्डै चार सय जना सामन्य घाइते भएको उत्तरी होक्काइदोका स्थानीय अधिकारीले बताएका छन् । “हाम्रो यहाँ अहिलेसम्म बहिरो गएको थिएन,” आफ्नो भाइ गुमाएका अत्सुमाका अकिरा मत्सुशीताले भन्नुभयो । उहाँले थप्नुभयो, “मैले आफ्नै आखाँले जे देखेँ, त्यो अहिले पनि विश्वास गर्न सकिरहेको छैन, त्यो देख्दा एक जना पनि जीवित रहन सक्छ जस्तो लागेको थिएन ।”

    गत बिहीबार ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको उत्तरी जापानको होक्काइदो द्वीप वरपर गत साता शक्तिशाली आँधी पनि आएको थियो । त्यस आँधीले पनि जनधनको ठूलो क्षति भएको थियो । भूकम्पबाट दर्जनौँ घर ध्वस्त भएका र अरू धेरै घरमा आंशिक क्षति पुगेको बताइएको छ । भूकम्प प्रभावित इलाकाका स्थानीय बासिन्दालाई राहात उपलब्ध गराइएको छ । बढी प्रभावित केही व्यक्तिलाई हेलिकोप्टरबाट समेत उद्धार गरिएको छ । सो द्वीपमा उद्वारका लागि करीब २० हजार उद्धारकर्ता परिचालित भएका सरकारका प्रवक्ता योसिहिदे सुगाले बताउनुभएको छ । उद्धारकार्यमा हजाराँैको सङ्ख्यामा सैनिक पनि परिचालन गरिएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…