• किसोर श्रेष्ठ 

    उर्लाबारी । आर्थिक अवसर र वाध्यता, खुला परिवेश, अनि ‘म पनि केही गर्न सक्छु’ भन्ने महत्वाकांक्षी भावनाले महिलाहरु परम्परागत चुल्हो चौकोबाट बाहिर निस्किएर उद्योग व्यवसायमा लागेका छन् । यसैक्रममा मोरङको उर्लाबारीमा बुटिक व्यवसाय संचालन गर्दै आएकी उर्मिला राई (श्रेष्ठ) सफल महिला उद्यमी भएर समाजमा ज्वलन्त उदाहरण बनेकी छन् । उर्लाबारी –३ निवासी राईले संचालन गरेको अविश बुटिक पछिल्लो समय बुटिक पारखीहरुको मन जित्दै गएको छ ।

     

    फेशनको आधुनिक दुनियामा रमाउन चाहने पछिल्लो युवापुस्तामाझ उनको बुटिक डिजाईन लोकप्रिय बन्दै जाँदा उनले व्यवसायको दायरा समेत बढाएर लगेकी छन् । ५ वर्षअघि उर्लाबारी – २ मधुमल्ला रोडमा करीव ५ लाखको लागतमा संचालन गरेको उनको व्यवसाय हाल ३० लाख बराबरको बन्न पुगेको छ । कुनै समय स्थानीय स्तरमा मात्र सिमित उनको निर्माण सामग्री पछिल्लो समय देशका विभिन्न भूभागमा मात्र नभएर विदेशमा समेत रुचाइएको पाईन्छ । लेङ्गा, कुर्ता सुरुवाल, साडी आदीमा आकर्षक बुट्टा भरेर डिजान गर्न माहिर उनको व्यवसायले अमेरिका, बेल्जीयम, अष्ट्रेलिया, हङकङ जस्ता देशहरुमा बस्दै आएका नेपाली महिलाहरुको मन जित्न सफल भएको छ । त्यसो त उनले डिजान गरेको बुटिकका विभिन्न पहिरनहरु स्थानीय कलाकार देखि राष्ट्रिय स्तरका कलाकारहरुले विभिन्न कार्यक्रमहरुमा समेत पहिरी सकेको उनी बताउँछिन् ।



    दुई दर्जन भारतीय तथा नेपालीलाई रोजगार समेत उपलव्ध गराउन सफल राईले बुटिकका सामग्री निर्माणसँगै यसैमा आफ्नो भविष्य खोज्ने नयाँ पुस्तालाई समेत ट्रेनिङ दिंदै आएकी छन् । स्वदेशमै व्यवसाय गर्नै देखि लिएर वैदेशिक रोजगारीमा जाने जो कोहीलाई समेत उनले सुलभ मूल्यमा ट्रेनिङको आयोजना गर्ने गरेको उनी बताउँछिन् । फेसन डिजाइन आफैंमा सिर्जनासँग सम्बन्धित भएकाले यसमा नयाँपन र परिवर्तनको अपेक्षा गरिन्छ । फेसन डिजाइनिङ अहिले विश्वमै करिअर निर्माणका लागि आधार बनेको छ । बुटिक फेसन डिजाइनिङमा लागेको छोटो समयमा आफ्नो पहिचान बनाएकी राई यो पेसालाई उचाइमा पुर्याउन समेत आफ्नो क्षेत्रबाट लागेको बताउँछिन् । ‘अनलाइन बुटिक समेत सञ्चालन गर्दै आएकी उनी भन्छिन्, ‘सिर्जनात्मक कामलाई व्यावसायिक बनाउने मेरो रुचि भएकाले यो क्षेत्रमा लागेकी हुँ ।’ सुनसरीको धरानमा रहँदा बुटिक डिजाईन सम्बन्धी सामान्य कोर्ष गरेकी उनले एड्भान्स ट्रेनिङ भने सिङ्गापुरमा लिएकी थिईन् । बाध्यताले व्यवसाय अँगाल्नेहरुको अर्कै कुरा सजिला विकल्प छाडेर आफूले काम नगरे पनि हुने अवस्थाका महिलाहरु समेत जोखिम उठाएर उद्योग व्यवसायमा हात हाल्न थालेको वर्तमान अवस्थामा उनलाई उक्त पेशामा लाग्न सदैव परिवारबाट साथ, सहयोग र हौसाला मिल्ने गरेको उनी बताउँछिन् । उनका अनुसार, बुटिक फेसन डिजाइनमा लाग्नेहरूले प्राप्त गरेको नाम, दाम, कामले धेरैलाई लोभ्याएको छ । युवा पुस्ता बुटिकको फेसन डिजाइनर हुँ भन्नुमा गौरव मान्न थालेका छन । उनीहरूको सिर्जनामा सेलिब्रेटीको सान समेत बढ्दो छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…