• तेह्रथुमे ढाका बुटिकको सञ्जाल स्वदेशमा मात्र सिमित रहेन । विदेशमा समेत उत्तिकै लोकप्रिय बन्दै गएको छ  पछिल्लो केही समययता काठमाडौमा निर्माण हुने अधिकांश म्युजिक भिडियो तथा फोटोसुटमा तेह्रथुमे ढाका पहिरन छाइरहेको छ ।

    photo (1)
    पछिल्लो दिन तेह्रथुमे ढाका बुटिकले तयार गरेको ढाका पहिरनहरु युके, अमेरिका, हङकङ, इजरायललगायतका मुलुकमा निर्माण हुने नेपाली गीतका भिडियोहरुमा उत्तिकै प्रयोग गर्न थालिएको छ । पछिल्लो उदाहरण हो, गायक दीपक लिम्बू र गायिका श्रेया सोताङले गाएको ‘सिरु खाश’ बोल गीतको भिडियो । गीतकार मीना सिंगकको शब्द र राजु सिंहको संगीत रहेको यस गीतको भिडियो समेत रिलिज भइसकेको छ ।

    जुन गीत हङकङको विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको हो । यस भिडियोमा हेमराज अन्छङ्बो र सुस्मा लिम्बूले अभिनिय गरेका छन् । उनीहरु तेह्र्रथुमे ढाका बुटिकले तयार गरेको ढाका कन्ट्रास्ट परिहनमा देखिएका छन् । विक्रम गुरुङले खिचेको यस भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

    photo (2)
    ललिपुरको मिलन चोकमा रहेको तेह्रथुमे ढाका बुटिककी सञ्चालक तथा फेसन डिजाइनर निरु आङबुङले भनिन्, ‘हिजोआज निर्माण हुँदै आएका अधिकांश म्युजिक भिडियोहरुमा तेह्रथुमे ढाका बुटिकको पहिरन जाने गरेको छ ।’ उनका अनुसार फोटोसुट र भिडियोसुटका लागि तेह्रथुमे ढाकाको दिनदिनै माग बढ्दै गएको छ ।

    sushma & Hem (4)
    युगल पोमुले निर्देशन गरेको यस ‘सिरु खाश’ भिडियोमा तेह्रथुमे ढाकामा मोडल हेमराज र सुस्मा निकै खुलेका छन् । तेह्रथुमे ढाका बुटिककी निरुले तयार गरेको आर्कषक ढाका पहिरन र हङकङको रमणीय समुद्रीतटको कम्बिनेशन साँच्चीकै लोभलाग्दो देखिएको छ । हेमराज र सुस्माले लगाएको आफ्नो पहिरनबारे निरुङले भनिन्, ‘यो पहिरन स्पेशली उनीहरुलाई लागि बनाएको हुँ । त्यसैले पनि उनीहरु भिडियोमा खुलेका छन् ।’ हुन त यस भिडियोका निर्देशक युगलसँग नेपालमा पनि धेरै काम गरिसकेकी छन् निरुले ।

    sushma & Hem
    म्युजिक भिडियो निर्देशनमा व्यस्त हुँदाहुँदै हङकङ गएका युगलले उता पनि निरुले नै तयार गरेको ढाका पहिरनलाई आफ्नो भिडियोमा प्राथमिकता दिँदे आएका छन् । यसका कारण के हो त ? डिजाइनर निरु भन्छिन्, ‘कारण केही नभएर तेह्रथुमे ढाकाको लोकप्रियता हो । हिजोआज यहाँ पनि ढाका पहरिनहरु बढी म्यजिक भिडियोहरुमा प्रयोग गर्न थालिएको छ ।’ उनका अनुसार केही समययता नेपाली फिल्मका लागि समेत ढाका पहिरनको डिमाण्ड हुन थालेको छ ।

    photo
    यसरी दिनानुदिन तेह्रथुमे ढाका बुटिकले तयार गरेको ढाका पहिरनहरु चर्चा र लोकप्रिय हुन थालेपछि सेलिब्रेटीहरुको ढाका रोजाइ बन्न थालेको छ ।

    photo (3)

    छोटो समयमै आफ्नो पहिचान खुल्ने पुर्वेली विशेषतः तेह्रथुमे ढाका देश–विदेशमा लोकप्रिय बन्दै गएपछि निरु पनि दंग छिन् । उनी भन्छिन्, ‘तेह्रथुमे ढाकालाई यहाँसम्म ल्याउन निकै मिहिनेत पनि गरेकी छु । मिहिनेत गरेअनुसार अहिले फल पाउन थालेकी छु । उक्त बुटिक निरुले संगीता लिंखा लिम्बुसँग मिलेर खोलेकी हुन् ।













सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…