•  

    नेपाल आइडलका टप थ्रीले मोरङको उर्लाबारीमा सांगेतिक प्रस्तुति दिने भएका छन् । नेपाल आइडलका विजेता बुद्ध लामा फस्ट रनर अप निशान भट्टराई र सेकेण्ड रनर अप प्रताप दास सांगीतिक कार्यक्रमका लागि आगामी असोज ३० गते उर्लाबारी आउन लागेका हुन् ।



    यस्तै नेपाल आइडलको अन्य प्रतिस्पर्धी सागर आले मगर र सन्ध्या जोशीलाई पनि उर्लाबारीका दर्शकले पहिलो पटक सोही कार्यक्रममा नै सुन्न पाउने भएका छन् ।

    ग्लोबल युर्थ क्लव आईतबारेको आयोजनामा हुन लागेको कार्यक्रमको अन्तिम तयारी भईरहेको आयोजकले जानकारी गराएको छ । विहिबार सञ्चार क्लव उर्लाबारीको भवनमा आयोजित पत्रकार सम्मेलनमा सांगीतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको क्लवका अध्यक्ष प्रेम याख्याले बताएका छन् । उनका अनुसार कार्यक्रमको अनुमानित खर्च १८ लाख रहेको छ भने ६ हजार दर्शक,स्रोताको उपस्थिती रहने अपेक्षा आयोजकले राखेको छ ।

    ५०० र १००० टिकट मुल्य रहेको कार्यक्रमको मुनाफाले स्थानीय स्तरमा सामाजिक कार्यक्रम गर्ने क्लवको योजना रहेको क्लवका सचिव नेत्र आपागाईले बताएका छन् । पूर्वाञ्चलका भाउन्ने, पथरी, इटहरा, मधुमल्ला, दमक लगायतका विभिन्न स्थानहरुमा टिकट उपलब्ध रहेको पनि आपागाईले जानकारी गराएका छन् । स्थानीय सप्तकोसी बोर्डिङ स्कुलको प्राङ्गणमा हुने कार्यक्रमको मुख्य स्पोन्सर टुवर्ग रहेको छ भने कार्यक्रमको संयोजन मुन्टेज ईन्ट्ररनेशनले गर्ने भएको छ ।

    पहिलो पटक नेपालमा सुरु भएको आइडल सिरिजले सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाई ऊर्जा दिएको छ । अहिले विश्वभर नेपाल आइडलको फाइनलमा पुगेका तीनजनाको सांगीतिक कार्यक्रमका लागि जति माग भइरहेको यसले पनि नेपाल आइडलको क्रेजलाई पुष्टि गरेको छ ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…