दिनेश खड्का
विराटनगर, भदौ २९
विराटनगर निवासी समाजसेवी दिनबन्धु गोयलले सत्यनाराण माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृद्धि र विद्यालयलाई शैक्षिक सामाग्री प्रदान गरेका छन् ।
आज ५४ औं बाल दिवसको अवसरमा विद्यालयले आयोजना गरेको एक कार्यक्रममा उनले छात्रबृद्धि तथा शैक्षिक सामाग्री वितरण गरेका हुन् ।
कार्यक्रममा गोयलले स्वर्गिय बुहारी सुमनदेवी गोयलको नाममा १२ जना विद्यार्थीलाई छात्रवृद्धि र विद्यालयलाई दुई थान कम्युटर प्रदान गरेका थिए ।
कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने जेहनदार तथा बिपन्न विद्यार्थीलाई जनही चार हजारका दरले छात्रवृद्धि प्रदान गरेको विद्यालयका प्रधानध्यापक धर्मानन्द खरेलले बताए ।