• भदौ ३० पथरी
    राष्ट्रिय बाल दिवशको अवसर पारेर मोरङको पथरीशनिश्चरे १ मा रहेको अन्नपुर्ण अंगे्रजी माध्यमिक विध्यालयले उर्लाबारीे नगरपालिका वडा न ७ मा रहेको नमुना वाल गृहमा एक कार्यक्रम आयोजना गरेको छ ।
    सो अवसरमा कक्षा १० का २४ जना छात्र छात्राले आफनो टिफिन खाजावापतको दुई महिनाको १५ हजार मुल्य बराबरको कपडा नमुना वाल गृहलाई प्रदान गरेको छ । हिजोकै दिन आरोग्य राज गुरुङको जन्म दिनको अवसरमा गृहलाई स्वास्थ्य सामाग्रि समेत वितरण गरिएको छ । यस्तै विध्यालयको तर्फबाट हार्मोनियम हस्तान्तरण गरिएको छ ।
    अन्नपुर्ण अंग्रेजी माध्यमिक विधालयका प्रिन्सिपल दिनेश बरालले वालवालिकाको यस्तो कार्यले समाजमा सकारात्मक सन्देश जाने बताएका छन । यस्तै नमुना वाल गृहकी अध्यक्ष मिना बरालले मेचि देखि कर्णाली , हिमाल देखी तराईका विभिन्न भुभाग र नेपालको लोपउन्मुख जाति चेपाङ जातजातिका सहित ४६ जना वालवालिका को साझा फुलवारीको रुपमा बालगृह रहेको बताईन ।
    कार्यक्रममा विध्यालयकी फाउनडर भम्पर कुमारी थापा मगर लगाएत अन्य शिक्षक÷शिक्षिकाहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक सञ्जय परियारले गरेको थिए ।
    नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको बाच्न पाउने अधिकार, विकासको अधिकार ,े संरक्षणको अधिकार र बालसहभागिताको अधिकारलाई आफ्नो अन्तर्रा्ष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…