•  

    भदौ ३० पथरी
    शुक्रवार राष्ट्रिय वाल दिवसको अवसरमा पथरीशनिश्चरे वाडा नं. २ मा रहेको रेडस्टार अग्रेजी माध्यमिक बिध्यालयले विभिन्न कार्यक्रमको आयोजना गरि दिवस मनाएको छ ।
    विध्यालयले आयोजना गरेको कार्यक्रमा विध्यार्थीहरुले नृत्य, गायन,निवन्ध लेखन प्रतियोगिता,हिज्जे लेखन,सामानय ज्ञान,आन्तरिक सदन बक्तीत्व कला (वादविवाद )प्रतियोगिता,चित्रकला प्रतियोगिता लगाएतका कार्यक्रमको आयोजना गरेको थियो सो प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो हुनेलाई पुरस्कार वितरण गरिएको थियो ।


    विध्यार्थीहरुको प्रतिभा प्रस्पुटन गराउने उद्ेश्यका साथ साथै बालअधिकारको हनन् कसरी हुन्छ भनेर सोहि विध्यालयका विध्यार्थीहरुले जनचेतना मुलक नाटक समेत प्रस्तु गरेका थिए ।

    बालवालिकाको अधिकारका वारेमा सवै सरोकारवाल पक्षयले जानकारी राख्दै कहि कतै कुनै पनि क्षेत्रमा बालबालीकाको आधारभुत अधिकारहरु हनन् भईरहेको पाईएमा सोको खोजी गरि त्यस्ता आधारभुत अधिकार वाट बञ्चित बालबालिकालाई सहजता प्रदान गर्नु अभिभावकको र हरेक बिध्यलयको दायीत्व भएको भन्दै बिध्यालयका प्रिन्सिपल टि.एन. तिम्सिनाले आधारभुत अधिकार बाट वञ्चित नगराउन सवै सरोकारवाला पक्षलाई आग्रह गर्दै शुभकामना राखेका थिए ।
    कार्यक्रममा विध्यार्थी , शिक्षक, अभिभावक लगाएतको उपस्थिति रहेको थियो । नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको बाच्न पाउने अधिकार, विकासको अधिकार ,े संरक्षणको अधिकार र बालसहभागिताको अधिकारलाई आफ्नो अन्तर्रा्ष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…