• भदौ ३० पथरी मोरङको पथरीशनिश्चरे नगरपालीका वडा नं. १० रहेको बाल नमुना विध्या मन्दिरले राष्ट्रिय बाल दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।


    बिध्यामन्दिरले स्कुल हाता भित्र गरेको सो कार्यक्रममा बिध्यार्थीहरुलाई बिभिन्न् मनोरञ्जनात्मक क्रियाकलापमा सहभागिता गराएको थियो । कार्यक्रमको सुरुवात ह्याप्पी चिल्डे«न डे लेखिएको केक काटेर विध्यालय व्यावस्थापन समितिका अध्यक्ष विर वहादुर घिमिरे र स्कुलका प्रिन्सिपल सरोज तिम्सिनाले गरेका थिए ।
    स्कुलका सानासाना नानिहरुले नृत्य, कविता, विभिन्न खेलहरु प्रस्तुत गरेका थिए । सो कार्यक्रममा वोल्दै स्कुलका प्रिन्सिपल तिम्सिनाले स्कुल भन्दा वाहिर रहेका र स्कुलको पहुचमा नभएका बालबालिका अहिले पनि हाम्रो समाजमा प्रसस्तै रहेको भन्दै आजका बालबालिका भोलीको देशविकाशको आधार स्तम्भ भएकोे सवै बालबालिकाले पढ्न पाउने आधारभुत अधिकार बाट जो कसैले पनि बञ्चित गराउन नुहने धारणा राखेका छन् ।
    शिक्षित समाजले मात्र सुखि नेपाली समृद्घ नेपालको नक्साङकन गर्न सक्ने भएकाले आजै देखि सो सपना पुरा गर्न विध्यालय भन्दा वाहिर रहेका बालबालिका हरुलाई शिक्षाको उज्यालो छर्ने केन्द«को पहुचमा पु¥याउन सवै अभिभावक, सरोकारवाला पक्ष, स्थानिय सरकार लागी पर्नु पर्ने आजको समयको आवश्यता रहेको बताए ।
    सो लक्ष्य प्राप्तीका लागि विध्यामन्दिरले त्यस्ता बालबालिका हरुलाई शिक्षाको न्यानो छर्ने काम गर्दै आएको पनि तिम्सिनाले बताए ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…