• २७ आश्विन मोरङ । अर्जुन जम्नेली राई

    पूर्वी नेपालमा पर्ने पूर्बपश्चिम मुख्य सडकसँग जोडिएको मोरङको ‘पथरी सहर’ एक समयमा सुँगुरको राजधानी भनेर परिचित थियो । त्यही पथरी अहिले पथरी, शनिश्चरे र हसन्दह गाविस जोडिएर पथरीशनिश्चरे नगरपालिका बनेको छ । एक समय सुँगुरको राजधानीको परिचय लिएका पथरी बजार अहिले नगरपालिकाको केन्द्र(राजधानी) पनि हो ।



    स्थानीय तहको निर्वाचनपछि नगरले जननिर्वाचित नयाँ नेतृत्व पाउने नै भए । दिनदिनै घनाबस्ति हुदैगएको पथरी बजार भित्रै हालसम्म सँुगुर पाल्न भने छाडिएको छैन् । घनाबस्ति भित्रै काठको घरमा तल्लो तलामा सँुगुरको खोर बनाएर माथिल्लो तला आफ्नो परिवार बस्न अझै छाडेका छैनन् । स्वास्थ्यको हिसावले घना बस्तिमा सुँगुर÷बंगुर पाल्न हानिकारक हुने भएकोले नगरपालिकामा उजुरी परेपनि नगरले तत्काल केही प्रकृया अघि बढाएको छैन । पथरी जेसीसले आज(सुक्रबार) पथरी बजर पश्चिम भएर बग्ने उक्त खोला सफाइ अभियानको सुरुवात ग¥यो ।



    आयोजक जेसीसका अध्यक्ष यादवचन्द दुलालको नेतृत्वमा भएको अभियानमा पथरीका नगर प्रमुख दिलपकुमार राई, बजार क्षेत्रमा पर्ने वडा नं. १ का अध्यक्ष बाबुराम लिम्बू, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ, इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्की, जनपथ र सशस्त्र प्रहरीहरु, विभिन्न संघ÷संस्थामा आवद्ध युवाहरु सहभागि थिए ।



    पथरीको समग्र वातावरण स्वच्छ र सफा राख्ने उदेश्यले जेसीसले खोला सरसफाइ अभियानको सुरुवात गरेपनि खोला किनार तथा पथरी बजारमा घरभित्रै पालिदै आएको सँुगुर÷बंगुर लगायतको चौपायाहरु मुख्य चुनौती रहेको जेसीसमा आवद्ध टेकिन्द्र लिम्बूले बताए । बजारसँग जोडिएको पथरी खोलाबाट दक्षिणतिर खेतिको लागि नहर लगिएको छ । नहरको पूर्वपश्चिममा किनारसँग जोडिएको घरहरुभित्रै सुँगुर पालिन्दै आएको छ ।



    त्यतिमात्र होइन नहरमा सौचालयको ढलको पाएप सिधै जोडिदा स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्दै आएको स्थानीय युवा पुष्प लामाले बताए । स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने सुँगुर÷बंगुर पाल्ने कार्य रोक्नको लागि नगरपालिकामा उजुरी पत्र दिएको लामाले बताए । पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले नगर समितिले सुँगुर÷बंगुर लगायतको चौपाया पाल्नेहरुको बारेमा नियम बनाएर सहरबाट हटाइने बताए ।

    वडा अध्यक्ष बाबुराम लिम्बूले मानवीय स्वास्थ्य र वातावरणमा प्रतिकुल असर पार्ने चौपाया हटाउन पहल चाँडै थाल्ने बताए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …