• विराटनगर, २ असोज  ।  प्रदेश नं १ अन्तर्गत ओखलढुङ्गा जिल्लामा सञ्चालित योजनामा रु दुई करोड ६६ लाख ३५ हजारको १३ वटा योजना सम्पन्न भएको छ ।

    ओखलढुङ्गास्थित डिभिजन सडक कार्यालयका अनुसार गएको आर्थिक वर्षमा सम्पन्न योजनामा भौत्तिक प्रगति शतप्रतिशत र वित्तीय प्रगति ९० प्रतिशत भन्दामाथि रहेको इञ्जिनीयर शिवशरण तिमिल्सिनाले जानकारी दिनुभयो ।

    डिभिजनको मातहतमा सो जिल्लामा रु १८ करोड ५२ लाख ८० हजार बराबरको पाँच वटा योजना सञ्चालनमा रहेको र ती योजनाको प्रगति सन्तोषजनक रहेको इञ्जिनीयर तिमिल्सिनाले बताउनुभयो ।

    उहाँले आर्थिक वर्ष २०७५÷७६ का लागि साधुटार ओखलढुङ्गा कुइँभिर सडक निर्माणका लागि यस वर्ष रु २५ करोड र स्वोर्ण सगरमाथा वृहत चक्रपथका लागि रु १२ करोडमा निर्माणका लागि ठेक्का दिइएको जानकारी दिनुभयो ।

    कुइँभिर सडक १७५ किमी बाटोका लागि यसवर्ष मूल्यअभिवृद्धि कर बाहेक रु ३३ करोड र स्वोर्ण चक्रपथका लागि १९ करोड २८ लाख विनियोजन गरिएकोे इञ्जिनीयर तिमिल्सिनाको भनाइ थियो ।

    सम्पन्न र चालु योजनाका विषयमा ओखलढुङ्गाका प्रदेशसभाका सदस्य मोहनबहादुर खड्काले यतिधेरै रकम खर्चिएको योजनाका काम सन्तोषजनक नभएकोले जाँचबुझका लागि छानबिन समिति बनाइनु पर्नेमा जोड दिनुभयो । ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…