• काठमाडौँ । बाराको बोधी श्रवण धर्म सङ्घले महासम्बोधी धर्मगुरुमाथि लागेको बलात्कारको आरोप निराधार, कपोकल्पित र भ्रामक भएको भन्दै खण्डन गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष एवम् पूर्वमन्त्री मणि लामाले गुरुमाथि लागेको आरोपको सरकारले निष्पक्ष छानबिन गर्नुपर्ने बताउनुभयो ।

    मानव अधिकारको नाममा गुरुबाट हुनै नसक्ने यस्तो आरोप लगाएर अमानवीय काम गरिएको बताउँदै अध्यक्ष लामाले यस्तो निराधार आरोप लगाएर नेपालमा धार्मिक सद्भाव खल्बल्याउन खोजिरहेकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गर्नुभयो ।

    सङ्घका सहसचिव केवल लामाले आज जारी गर्नुभएको विज्ञप्तिमा बोधी श्रवण धर्म सङ्घका गुरुमाथि धर्मशीलपालना गर्न नसकी गुरु आश्रम (मैत्री काजुक्पा)बाट बाहिरनु परेका आनीलाई हतियार बनाएर बलात्कारको आरोप लगाउने कोसिस भएको उल्लेख गर्नुभएको छ । सङ्घका पूर्वअध्यक्ष कमानसिंह लामाले गङ्गाका बुबा महात्मा गुरु रणे मोक्तानले छोरीले गुरुमाथि लगाएको आरोप झुठो र कपोकल्पित भएको स्पष्ट पार्नुभयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…