सहिदको जीत - अम्बिका अधिकारी
छाडेर मात्रृ-भुमि याे रक्तकाे खेलमा रम्याै
रित्याइ काख अामाकाे सदा दुर तिमी वन्याै
एेया एेया गरि काप्याै प्राण बैकुन्ठमा पुग्याे
पीडा ती गाेलीका चर्का चर्किए वा निकाे भयाे
लागेकाे चाेट त्याे तिम्राे घाउ भैकन दुख्दछ
मिल्ला कि अाैषधी केही नगर्दा पनि खुल्दछ
सहिद तिमी हाै तिम्राे विशाल मन भावना
देशका निम्ति पाे खर्चेउ सवैकाे गरि कामना
जिन्दगी सव नै त्यागी अाफुलाई चिनाउदा
धेरै पल्ट स्यमलाई गाम वेसी हिडावेसी
सम्झेर जनता सारा तिम्रै अाँसु बगाउछन्
काेइली रुन्छ सम्झेर अन्य जीव सघाउछन
हेर्दछन नजिकै वाट मौवा र लाकुरी लुकी
अाेइलिन्छन् सयपत्री चेलीका अासुँ नै सुकी
जुनकिरी रातमा वत्ति तिम्रै लागि जलाउछिन्
विनायाे र बासुरी मादल शाेक धुन वजाउछन्
सम्झेर सबैले तिम्रै लागि शीर झुकाउछन्
वैशाखी रुख वा वृक्ष्य पालुवा नै लुकाउछन
खाेला र छहरा छाँगा शाेक धुन सुसाउछन्
वसन्त पाल्ल्वी हेर्दै अश्रुधारा चुहाउछन
लगाई रक्तकाे टीका कलिलाे वैशमा गयाै
रित्याइ काख अामाकाे सदा दुर तिमी भयाै
सहिद हाै सपना तिम्रा हुनेछन जब सार्थक
अात्माले शान्ति पाउनेछ मिलेर दिलमा सुख
जननी जन्मभुमित्व स्वर्गदपि गरियसी ।
जननी जन्मभुमित्व स्वर्गदपि गरियसी