• २७ आश्विन काठमाण्डौ !

    आजको हाम्रो नेपाली समाजमा सचेतनाको अत्यन्तै जरुरत भैसकेको छ ।अन्धविश्वास र रुढिवादले  प्रसस्त जकडिएकोले हाम्रा धर्महरु नै अन्धविश्वासका हामीलाई बांध्ने साङ्लाहरु भएका छन ।यदि परिवारमा आमा शिक्षित र साक्षर हुन्छिन भने त्यो परिवारका सन्तानहरु सबै अटोमेटिक नैतिकवान हुन्छन।जहाँ अशिक्षाले हामिलाई ब्युझन दिएको छैन।

    मानव जन्मलाई भगवानको नाममा पितृसत्ताले पैतालाको पानी खुवाउने गरेका बर्गका नारिहरु अझै पनि गोडाको पानी पिएर श्रीमानलाई देवता र श्रीमानले श्रीमतीलाई दास भन्दा पनि तल्लो स्तरमा जकडाएर आफ्नो शासन गर्दछ भने महिला मुक्तिको लागि ती नारी जो गोडाको पानी खान्छिन यस्तो कुरामा श्रीमानलाई अपमान हुन्छ र उनलाई पाप लाग्छ भन्ने विश्वासको समर्पण गरिरहेकी हुन्छिन।जब जब हामी राजनितीक परिवर्तनको कुरा गर्छौं,जबजब हामी मानव मुक्ती र स्वतन्त्रताको कुरा गर्छौं त्यो सेतो कागजमा लेखिएको रातो अक्षरको अपिल जस्तै लाग्छ।

    हामिभित्रको भ्रमले सस्कारको किलो गाडेको छ, जुन किलो उखाल्न हामी र हाम्रो मन भित्र नै सचेतना आउनु जरुरी छ। परिवारमा सबैलाई खुसी पार्न सक्ने नारीलाई बत्तिस गुणले युक्त नारी भनेर सुन्दरताको वर्णन गर्न सक्ने हाम्रो सामाजिक पृष्ठभुमिले महिला मुक्ती भन्दा शोषणको राजतन्त्र ,पारिवारिक लोकल राजतन्त्रले मुख थुनेर बाहिर आउन नदिएका नारी आवाजहरु छरपस्ट भेटिन्छन हाम्रो समाजभित्र।हाम्रा भ्रमहरु सस्कार र धर्मसग बढी जोडाइएका भेटिन्छन।

    धार्मिक पुराण ,वेद ,शास्त्रहरुलाई आधार बनाएर आजको पुरुष महिलाको लागि शिवजी जस्तो सम्मान र आजको महिला नोकर र दास जस्तो उत्पिडनको संयोजनमा सास्कृतिक अन्धविश्वासले उन्मुक्ती दिएको भेटिदैन।राजनितिक सत्ताहरु एक पछि अर्को फेरिन्छन तैपनी पुरुष र महिलाको लागि ६७/३३ % को भाग लगाइरहेको छ,किन दिन सक्दैन ५०/५० ?? यसरी हेर्दा मस्तिष्कभरी भरियो सति प्रथा !!

    जहाँ श्रीमान मर्दा श्रीमतीले जिउदै जलेर श्रीमानको मरेको लास संगै आफैलाई जलाउनु पर्थ्यो।त्यो कुप्रथाले हाम्रा धेरै आमैहरुको जीवन् चुड्यो,शासक र शासन अनि सत्ताको मुठ्ठीमा कैद हाम्रा मुक्तिका इतिहासहरु एकपछी अर्को आइरहदा आजको समाजमा सामाजिक न्यायिक असमानताका विभेदहरु चिर्नु छ,समृद्द समाज र सचेत वस्तीहरुको निर्माण गर्न सके मुक्तिका श्रृङखलाहरु आफै एकपछी अर्को प्रष्फुटन हुने नै छन।

    तर यहाँनेर यो एक्काइसौं शताब्दीको युगमा नारी छोराको जन्म नदिएर सौताको पीडा बोक्न विवश हुन्छिन,बोक्सिको नाममा उनकै जगल्टा भुत्ल्याइन्छ,पारिवारिक सुखको निम्ति सेकेन्ड सेकेन्ड मरिरहने नारिलाई हाम्रो भाषामा आमा बनाइदिएको छ,दिदी बनाइदिएको छ ,बहिनी ,बुहारी,छोरी ,हजुर आमा बनाइदिएको छ ती नारी ति आमालाई धर्तीको उपमा दिएको छ ।

    तर यहानेर पितृ सत्ताको सास्कारिक विडम्बनाको जग ध्वस्त भैसकेको छैन र त आरक्षण कोटा पनि ६७ र ३३% बनाइन्छ।दुनियाँमा सफल राज्यहरुमा मातृसत्ताले पनि समृद्द देशको निर्माण गरेको छ भने नेपालको पितृसत्ताले मातृ जनसंख्या माथी राजनितीक रूपमा पनि शोषण गरिरहेको छ।नारी चीत्कार बाहिर आयो भने निरिहको हातबाट उनी मारिन्छिन,अनि उनलाई मारेर त्यो हत्यारा अर्को बिहा गर्दछ अनि उ सामाजिक मर्द बन्छ,नारी सुरक्षा न त चुलोमा छ न त शोसाइटीमा नै ………

    हामी अरुले पकाइदिएको तयारी भोजन खाने युगमा आइसक्यौं।हामी लेक बेसि नगै सुपरमार्केट बाट किनेर खान सक्ने युगमा आइसक्यौं,तर हामी आफैले बनाउन सक्ने र आफैले प्रयोग गर्न पाउने मानव हितका कार्यमा भने पछि हट्दै राजनितिक उर्लाङ्ग बेठी खेल्दै समानतालाई ढाटिरहेका छौं,सचेतनालाई पिइरहेका छौं,बिश्वासहरुलाई जलाइरहेका छौं अनि ढाट्दै र छल्दै अनि अनेकौं भ्रमलाई पाल्दै एकपछी अर्को मुक्तिको आन्दोलन निम्त्याइरहन विवश छौं।आखिर यो कहिलेसम्म ?

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…