• दाङ, २७ असोज

    बेश्याबृत्तिमा संलग्न भएको आरोपमा प्रहरीले तुलसीपुरबाट ९ जनालाई पक्राउ गरेको छ ।

    तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ मा पर्ने रानी जरुवा स्थित हिमा चन्दको घरमा अनैतिक क्रियाकलाप हुने गरेको सुचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।

    प्रहरीले घर धनि चन्द सहित ४ जोडीलाई पक्राउ गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक राजेन्द्रप्रसाद अर्यालले जानकारी दिनुभएको छ । असोज २४ गते वेलुका गोप्य सुचनाको आधारमा अनुसन्धान गर्दा वेश्यावृत्तिमा संलग्न रहेको आरोपमा उनिहरुलाई पक्राउ गरिएको अर्यालले बताउनुभयो ।

    पक्राउ परेकाहरुलाई मानव वेच विखन तथा ओसार पसार नियन्त्रण ऐन अन्तरगत आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय बेश्याबृत्ति तथा उच्छृङखल गतिविधिहरु रोक्न प्रहरीले निगरानी बढाएको छ ।

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…